१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

हेटौंडामा १३ पत्रकारलाई अवार्ड, सात जनालाई सम्मान



हेटौंडा । न्यू मिडिया एकेडेमीले हरेक वर्ष प्रदान गर्ने आएको हेटौंडा जर्नालिजम अवार्ड-२०७९ प्रदान गरिएको छ । अवार्डको तेस्रो र चौथो संस्करणमा मकवानपुरका १३ जना पत्रकारलाई अवार्ड तथा सात जना अग्रज पत्रकारलाई सम्मान गरिएको छ ।

अग्रज पत्रकार रुपेश दुलाल, नानीमैया कार्की सम्झना, रोशन पराजुली, कुमार अधिकारी पोष्टराज, सुनिल खड्का, हरिप्रसाद हुमागाईं र दीपक अधिकारीलाई शनिबार साँझ सम्मान गरिएको छ ।

उत्कृष्ट वर्ष पत्रकार अवार्ड महिलातर्फ सृजना नेपालले प्राप्त गरिन् भने पुरुषतर्फको अवार्ड देवराज पन्तले प्राप्त गरे । उत्कृष्ट नवप्रवेशी पत्रकारिता वर्ष अवार्ड महिलातर्फ निशा गुरुङ, पुरुषतर्फ सुमन दाहालले प्राप्त गरे ।

उत्कृष्ट अनलाइन पत्रकारिता वर्ष अवार्ड गणेश दुलाल, उत्कृष्ट कला पत्रकारिता वर्ष अवार्ड कपिल खड्का, उत्कृष्ट रेडियो पत्रकारिता वर्ष अवार्ड सम्झना रिजाल र उत्कृष्ट खेलकुद पत्रकारिता वर्ष अवार्ड गणेशदर्पण अधिकारीले प्राप्त गरे ।

उत्कृष्ट कृयाशिल पत्रकार वर्ष अवार्ड सुनिल शिवाकोटी, उत्कृष्ट खोज पत्रकारिता वर्ष अवार्ड अमृत चिमरिया, उत्कृष्ट आर्थिक पत्रकारिता वर्ष अवार्ड सुदीप शिवाकोटी, उत्कृष्ट टेलिभिजन पत्रकारिता वर्ष अवार्ड बालकृष्ण अधिकारी र उत्कृष्ट सम्पादक वर्ष अवार्ड शिवकुमार काशीले प्राप्त गरे ।

उत्कृष्ट वर्ष पत्रकार अवार्ड प्राप्त गर्ने दुई पत्रकारले जनही १० हजार रुपैयाँसहित अवार्ड प्राप्त गरे भने अन्य विधागत उत्कृष्ट पत्रकारले नगद ५ हजार रुपैयाँसहित अवार्ड प्राप्त गरे ।

न्यू मिडिया एकेडेमीका अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा भएको अवार्ड वितरणमा नेपाल पत्रकार महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष रमेश विष्टको प्रमुख आतिथ्यता रहेको थियो ।

 

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ११ : १० बजे

रवि लामिछाने र मधेश केन्द्रित दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा

मधेस केन्द्रित चार दलको अपिल : ‘घटनाको निष्पक्ष छानबिन होस्, समाजमा सद्भाव कायम राखौँ’

काठमाडौं । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति गम्भीर

सद्भाव कायम राख्न बुटवलका १२ राजनीतिक दलको संयुक्त अपिल, दोषीमाथि कारबाहीको माग

बुटवल । सुनसरीलगायत देशका विभिन्न स्थानमा हालै घटेका हिंसात्मक घटनाप्रति

वर्ल्डलिंकद्वारा ११ लाख एफटिटिएच ग्राहकको ऐतिहासिक उपलब्धि

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा डिजिटल सेवा प्रदायक वर्ल्डलिंक

राष्ट्रपतिद्वारा प्रमुख निर्वाचन आयुक्त र आयुक्त नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्को सिफारिसमा प्रमुख निर्वाचन