२० मंसिर २०८२, शनिबार | December 6, 2025

अटेरी समूहबाट पौडेलले दिएर पोखराको मेयरमा उम्मेद्‌वारी



पोखरा । अटेरी अभियान चलाउँदै आएका गनेश पौडेलले पोखराको मेयरमा उम्मेद्‌वारी दिएका छन् । उनको १ नम्बरमा दर्ता भएको छ । अघिल्लो चुनावदेखि नै फरक गतिविधि गर्दै आएका उनले अहिले मेयरमा उम्मेद्वारी दिएका हुन् । अटेरीबाट पोखराका थप १७ वटा वडामा अध्यक्षको उम्मेद्वारी पर्ने भएको छ ।

आफ्नै लोगो अंकित टिसर्ट लगाएर आएका उनीहरुले उम्मेद्वारी दर्ता गराइरहेका छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरामा पौडेलले उम्मेद्वारी दर्ता गराएका हुन् ।

उनको प्रस्तावकमा अप्सरा अधिकारी र समर्थकमा सरोज जीसी थिए । दुवैजना पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गरेर मतदान गर्दै छन् । उम्मेद्‌वारी दर्तापछि पौडेलले राजनीतिक अकर्मण्यताको विरुद्धमा आफूले उम्मेद्‌वारी दिएको बताए ।

‘गठबन्धन विरोधी भावना बढेको छ । स्थानीय तहमा दलीयभन्दा स्वतन्त्र उम्मेद्वारले काम गर्न सक्छन् भन्ने मान्यता बढेको छ,’ उनले भने, ‘हामी चुनाव जित्छौं । हाम्रो पक्षमा लहर राम्रो भएको छ ।’ ५५ हजार भन्दा बढी मत ल्याउने उनको दावी छ ।

 

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  १२ : १९ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय