१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

पोखरा महानगरपालिकामा कांग्रेसका बागी उम्मेद्वारले गरे मनोनयन दर्ता



पोखरा । नेपाली कांग्रेसले गरेको गठबन्धनको विरोध गर्दै पोखरा महानगरमा बागी उम्मेद्वारी परेको छ ।

पार्टी नेतृत्वले रुखमा छाप लाउने बाटोमा अवरोध गरेको आरोप लगाउँदै पोखरा १४ का क्षत्रीय प्रतिनिधि विमलबहादुर कार्कीले मेयरमा स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका हुन् ।

केन्द्रीय नेतृत्वले गरेको गलत कदमको विरुद्ध आफूले उम्मेद्वारी दर्ता गरेको कार्कीले बताए । ‘सिण्डिकेट लागू गर्‍यो । हामी कांग्रेसी हो । हामीले कसलाई भोट हाल्ने ,’ उनले भने, ‘गोरखामा आँखामा भोट हाल्नु भन्छन्, मकवानपुरमा गाईमा भोट हाल भन्छन्, चितवनमा हँसिया हथौडामा भोट हाल भन्छन् । अहिले कलममा भोट हाल भनेका छन् । अब हामीले रुखमा भोट हाल्दा पनि कारबाही भोग्नुपर्ने ।’

कार्कीले पार्टीभित्र विद्रोहका लागि अघि बढेको बताए । ‘मिलेर पद लिने हो भने ६० अर्व चुनावी खर्च किन गर्नुपर्‍यो मिलेर पद बाँड्दा भैगो त,’ उनले अघि थपे, ‘दलीय व्यवस्थामा दलीय प्रतिस्पर्धा हुनुपर्छ । मिलेर जाने होइन । यस्तो संसारमै भएको छैन ।’

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  १२ : ३३ बजे

सिन्धुली घटनाबारे छानबिन माग गर्दे सभामुखसमक्ष ज्ञापनपत्र

काठमाडौं । संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले सिन्धुलीको खुर्कोटस्थित प्रहरी

राष्ट्रपतिबाट सहकारीसम्बन्धी अध्यादेश जारी

काठमाडौं । मन्त्रिपरिषदले सिफारिस गरेको ६ वटा अध्यादेश मध्य राष्ट्रपति

रोल्पामा बोलेरो दुर्घटना, १६ जना घाइते

रोल्पा । रोल्पामा जिप दुर्घटना हुँदा १६ जना घाइते भएका

एमआरपी स्टिकर नटाँसिएका सामग्रीको भन्सार जाँचपास बन्द

रसुवा । चीनबाट आयात गरिएका व्यवसायिक सामग्रीको भन्सार जाँचपास प्रक्रिया

निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यक : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले मुलुकको