६ श्रावण २०८३, बुधबार | July 22, 2026

डिशहोमले ल्यायो नयाँ प्रविधि ‘क्याम्पस वाईफाई सोलुसन्स’, धेरै जना भएको ठाउँका लागि उपयोगी



काठमाडौं । डिशहोम फाइबरनेटले धेरै जना मानिसहरु भएको क्षेत्रका लागि उपयोगी हुने इन्टरनेट प्रविधि क्याम्पस वाईफाई सोलुसन बजारमा ल्याएको छ । भृकुटीमण्डपमा जारी सुचना प्रविधि मेला ‘क्यान इन्फोटेक’मा यो प्रविधिको कम्पनीले लन्च गरेको हो ।

कम्पनीका प्रवन्ध निर्देशक सुदीप आचार्यले डिशहोम फाइबलनेटको स्टलमा आयोजित कार्यक्रममा सिक्सजी प्रविधिमा आधारित हुवावे प्रविधिको राउटर लन्च गरेका छन् । त्यसक्रममा आचार्यले यस किसिमको प्रविधि ल्याउने डिशहोम पहिलो रहेको बताउँदै यसअघि पनि धेरै प्रविधिहरु भित्राउन आफूहरु पहिलो हुने गरेको अनुभव सुनाए ।

आचार्यले डेढ बर्षको छोटो अवधिमा डिशहोम फाइबरनेटका एक लाख २० हजार ग्राहक पुगेको बताउँदै आज लन्च गरिएको नयाँ प्रविधि भविश्यलाई दृष्टिगत गरेर आफूहरुले लन्च गरेको बताए । डीटीएच (डाइरेक्ट टू होम) प्रविधिमा टेलिभिजन सुरु गर्दा पनि आफूहरुले भविश्य हेरेर नै गरेको र सो प्रविधि अहिले लोकप्रिय रहेको उदाहरण दिँदै उनले क्याम्पस वाईफाई सोलुसन्स पनि उपभोक्ताको आवश्यक र रुचीमा पर्ने विश्वास व्यक्त गरे ।

डिशहोमले ल्याएको क्याम्पस वाईफाई सिक्स विशेषगरी धेरै मानिस काम गर्ने बैंक, बीमा, सरकारी कार्यालय, विद्यालय तथा क्याम्पस, होटल, रेष्टुरेन्ट आदि जस्ता शैक्षिक संस्था, विज्ञान तथा अनुसन्धानमूलक संस्था, व्यवसायिक संस्था, सुपरमार्केट, रंगशालाका लागि उपयोगी हुन्छ । उच्च क्षमताको यो वायरलेस प्रविधिले एकल नेटवर्कमा विशेष क्षेत्रभित्र सिग्नल फैलाउन सशक्त भूमिका खेल्छ ।

क्याम्पस वाईफाई सोलुसन्सका लागि आउने एक्सेस प्वाइन्ट डिभाइस (एपी) धेरै प्रकारका हुन्छन् । यो वाईफाई सिक्स प्रविधिमा आधारित भएकाले यसमा एआई (आर्टिफिसियल टेक्नोलोजी) पनि हुन्छ । एआईले व्याण्डविथलाई अटो क्याप गरिदिने भएकाले चलिरहेको कुनै वेभसाइट, भिडियो अवरुद्ध हुन पाउँदैन् ।

यसमा सिमलेस रोमिङ हुने भएकाले एउटा राउटरबाट अर्को राउटरमा जाँदा गरिरहेको फोन काट्टिन पाउँदैन् । अटो स्वीच भएर अटो कनेक्ट हुने डिशहोम फाइबरनेटका प्राविधिकहरुको भनाई छ । क्याम्पस वाईफाई सोलुसनको सबैभन्दा ठूलो विशेषताको रुपमा रहेको धेरै जनाले एकै पटक वाईफाई चलाउन मिल्नु हो भन्दै उहाँहरुले एउटै एपीबाट एक पटकमा दुई सय जनाभन्दा बढी कनेन्ट भएर वाईफाई चलाउन सक्ने बताउनुहुन्छ ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  १ : १३ बजे

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज