२२ मंसिर २०८२, सोमबार | December 9, 2025

नेपालगन्जमा कांग्रेस जसपाको गठबन्धन, माओवादी केन्द्र आन्तरिक छलफलमा



नेपालगन्ज । नेपाली कांग्रेसले नेपालगन्ज उपमहानगरपालिकामा प्रशान्त विष्टलाई मेयरको उम्मेदवार बनाएको छ । नेपाली कांग्रेस नेपालगन्ज उपमहानगरपालिकाका सभापति समेत रहेका विष्टलाई कांग्रेसले मेयर पदको उम्मेवार बनाएको हो ।

पार्टीको १४ औं महाधिवेशनमा अत्यधिक मतका साथ नगर सभापतिमा निर्वाचित भएका विष्टको नेपालगन्ज नगर सभापतिमा यो तेस्रो कार्यकाल हो । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको बैठकले आइतबार राती अवेर उम्मेदवार टुंगो लगाएको हो ।

नेपालगन्ज उपमहानगरपालिकाको मेयर पदका लागि टिकट लिन विष्टसहित २०७४ निर्वाचनमा पराजित डा. सुरेश कनोडिया, वर्तमान उपप्रमुख उमा थापामगर, निर्वतमान जिल्ला उपसभापति सुनिल नरसिंह राणा अन्तिम प्रतिस्पर्धामा थिए ।

केन्द्रीय गठबन्धनको निर्णय अनुसार नेपालगन्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसले नगर प्रमुख र जनता समाजवादी पार्टीले उपप्रमुख पाएका छन् । जसपाका तर्फबाट उपप्रमुखमा कमरुद्धिन राई चुनाव लड्दैछन् । गठबन्धन भित्रकै माओवादी केन्दले्र भने छुट्टै उम्मेदवारी दिएर चुनावमा जाने निर्णय गरेपनि उम्मेदवारी घोषणा भने गरेको छैन । पार्टी केन्द्रको निर्णय विपरित जाँदा राम्रो नहुने भन्दै स्वतन्त्र उम्मेदवारी दिएर जाने विषयमा छलफल जारी रहेको माओवादी स्रोतले जनाएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ८ : १३ बजे

भन्सार एजेन्टका कर्मचारीको आन्दोलनले राजस्व सङ्कलन प्रभावित

भैरहवा । सरकारले मङ्सिर २० गते जारी गरेको भन्सारसम्बन्धी कानुनलाई

प्रहरी संगठनबाट बिदा भएपछि साहित्यको सेवामा पूर्व डीआईजी महेशविक्रम शाह

कैलाली । लामो समयसम्म प्रहरी संगठनको जिम्मेवारी सँगै साहित्य सृजनालाई

नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२ स्थित घरबारी टोलमा रहेको एक ‘कस्मेटिक’

प्रधानमन्त्री कार्की र नागरिक बचाउ अभियानका टोलीबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नागरिक बचाउ अभियानका टोलीसँग भेटघाट