२२ भदौ २०८३, सोमबार | September 7, 2026

नेपालगन्जमा कांग्रेस जसपाको गठबन्धन, माओवादी केन्द्र आन्तरिक छलफलमा



नेपालगन्ज । नेपाली कांग्रेसले नेपालगन्ज उपमहानगरपालिकामा प्रशान्त विष्टलाई मेयरको उम्मेदवार बनाएको छ । नेपाली कांग्रेस नेपालगन्ज उपमहानगरपालिकाका सभापति समेत रहेका विष्टलाई कांग्रेसले मेयर पदको उम्मेवार बनाएको हो ।

पार्टीको १४ औं महाधिवेशनमा अत्यधिक मतका साथ नगर सभापतिमा निर्वाचित भएका विष्टको नेपालगन्ज नगर सभापतिमा यो तेस्रो कार्यकाल हो । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको बैठकले आइतबार राती अवेर उम्मेदवार टुंगो लगाएको हो ।

नेपालगन्ज उपमहानगरपालिकाको मेयर पदका लागि टिकट लिन विष्टसहित २०७४ निर्वाचनमा पराजित डा. सुरेश कनोडिया, वर्तमान उपप्रमुख उमा थापामगर, निर्वतमान जिल्ला उपसभापति सुनिल नरसिंह राणा अन्तिम प्रतिस्पर्धामा थिए ।

केन्द्रीय गठबन्धनको निर्णय अनुसार नेपालगन्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसले नगर प्रमुख र जनता समाजवादी पार्टीले उपप्रमुख पाएका छन् । जसपाका तर्फबाट उपप्रमुखमा कमरुद्धिन राई चुनाव लड्दैछन् । गठबन्धन भित्रकै माओवादी केन्दले्र भने छुट्टै उम्मेदवारी दिएर चुनावमा जाने निर्णय गरेपनि उम्मेदवारी घोषणा भने गरेको छैन । पार्टी केन्द्रको निर्णय विपरित जाँदा राम्रो नहुने भन्दै स्वतन्त्र उम्मेदवारी दिएर जाने विषयमा छलफल जारी रहेको माओवादी स्रोतले जनाएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ८ : १३ बजे

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा

भोटेकोशी बाढीः एक हजार ३५५ को मृत्यु भने

काठमाडौ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा

कपिलवस्तुमा लागुऔषधसहित १९ व्यक्ति पक्राउ

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले यही भदौ २१ गतेसम्म

भोटेकोशी बाढीका मृतकको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

निजी अस्पतालको नवीकरण अवधि ५ वर्ष बनाउन माग

बुटवल । लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकहरूले अस्पताल नवीकरणको वर्तमान