२२ भदौ २०८३, सोमबार | September 7, 2026

गठबन्धन दलका उम्मेदवारको आज मनोनयन दर्ता



काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि गठबन्धन दलका उम्मेदवारहरूको मनोनयन दर्ता आज हुँदै छ । तालमेलमा समझदारी भएका स्थानीय तहहरूमा गठबन्धन दलहरूले संयुक्त उम्मेदवारहरूको मनोनयन दर्ता गराउने भएको हो ।

गठबन्धन दलका नेताहरू मनोनयन दर्ताको पहिलो दिनसम्म पनि देशका धेरै ठाउँमा तालमेलबारे समझदारी कामय गर्नै व्यस्त रहे । तर, पनि ललितपुर महानगरपालिका र पोखरा महानगरपालिकामा समझदारी जुटाउन सकेनन् ।

आज भने मनोनयन दर्ताको अन्तिम दिन भएकाले तालमेलको समझदारी भएको ठाउँमा संयुक्त र नभएको ठाउँमा दलहरूले एक्लै पार्टीका उम्मेदवार खडा गरेर मनोनयन दर्ता गराउने भएका छन् ।

संघीय राजधानी रहेको काठमाडौं कांग्रेसका सभापति कृष्ण सबुज बानियाँले गठबन्धन दलहरूको आजै काठमाडौंमा मनोनयन दर्ता गराउने तयारी भइरहेको जानकारी दिए ।

कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनविरुद्ध नेकपा एमाले नेतृत्वको अर्को गठबन्धन खडा छ । उक्त गठबन्धनले पनि आजै मनोनयन दर्ता गराउने भएको छ ।

मनोनयन दर्ताको समय बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म रहेको छ ।

यसअघि मनोनयन दर्ताको पहिलो दिन आइतबार ९हिजो० साना दल र स्वतन्त्रतर्फबाट मनोनायन दर्ता भएका थिए ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ८ : ३९ बजे

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा

भोटेकोशी बाढीः एक हजार ३५५ को मृत्यु भने

काठमाडौ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा

कपिलवस्तुमा लागुऔषधसहित १९ व्यक्ति पक्राउ

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले यही भदौ २१ गतेसम्म

भोटेकोशी बाढीका मृतकको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

निजी अस्पतालको नवीकरण अवधि ५ वर्ष बनाउन माग

बुटवल । लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकहरूले अस्पताल नवीकरणको वर्तमान