२० मंसिर २०८२, शनिबार | December 6, 2025

तिलोत्तमाको मेयरमा एमालेबाट चापागाईंको उम्मेदवारी दर्ता



बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एमालेका तर्फबाट मोहन चापागाईंले मेयरमा उम्मेदवारी दर्ता गराएका छन् । एमाले प्रदेश कमिटी सदस्य र पत्रकार समेत रहेका उनले आज तिलोत्तमा नगरपालिकास्थित निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

यसैगरी उपमेयरमा जगेश्वरदेवी चौधरीले उम्मेदवारी दर्ता गराएकी छन् । तिलोत्तमाका १७ वटै वडाका वडाअध्यक्ष एवं सदस्य समेत गरी ८७ जनाको उम्मेदवारी दर्ता गरिएको एमाले तिलोत्तमा नगर कमिटी अध्यक्ष तामनाथ पाण्डेले जानकारी दिए ।

उम्मेदवारी दर्ताका लागि एमालेको टोली बाजागाजा र र्यालीसहित निर्वाचन कार्यालय पुगेको थियो । त्यसअघि, नेकपा एमालेका उपमहासिचव विष्णु पौडेलले मेयर, उपमेयरलगायत सबै उम्मेदवारलाई शुभकामना दिएका थिए ।

त्यसक्रममा उनले एमालेले सात सय ५३ स्थानीय तहमध्ये ६० प्रतिशतमा विजयी हासिल गर्ने दावी गरे । तिलोत्तमा नगरपालिकामा एमालेले नेतृत्व गर्दा मुलुककै नमूना नगर बन्न सफल भएको भन्दै उनले गठबन्धन सामू एमाले एक्लै विजय हासिल गर्न सक्षम रहेको जनाए ।

 

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ३ : ११ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले