१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

सिद्धबाबा हस्पिटलले १०० बेडको आफ्नै अस्पताल बनाउने



बुटवल । बुटवलमा रहेको सिद्धबाबा हस्पिटल तथा रिसर्च सेन्टर प्रालिले अबको एक बर्षमा १०० बेडको आफ्नै जग्गामा अस्पताल सञ्चालनको तयारी गरेको छ ।

स्थापना भएको ४ बर्षको अवसरमा आयोजना गरिएको कार्यक्रममा अस्पताल सञ्चालक समितिका अध्यक्ष डा. दिपेश प्रधानले अबको केही महिनामा जग्गा व्यवस्थापन काम सम्पन्न गरी आफ्नै भवनमा अस्पताल सञ्चालन हुने जानकारी दिए ।

हाल बुटवलको सुख्खानगरमा भाडाको घरमा अस्पताल सञ्चालन गर्दै गर्दा अस्पताल सानो भएको भन्दै उनले योगीकुटी देखि मणिग्राम सम्म को क्षेत्रमा करिव १६ कठ्ठा क्षेत्रफल जग्गा व्यवस्थापन गरी अस्पताल सञ्चालनको तयारी गरिएको जानकारी दिए ।

यो क्षेत्रम नीजि अस्पताल तथा क्लिनीकहरुमा भन्दा शुलभ दरमा सेवा प्रदान गर्दै आएको अस्पतालले ४ बर्षमा आकस्मिक सेवा तर्फ ५ हजार २ सय ६२ जनालाई सेवा प्रदान गरेको छ । यस्तै ओपिडी तर्फ ९० हजार २ सय ८३ जनालाई भन्दा बढिलाई सेवा प्रदान गरिएको अस्पतालका प्रबन्धक प्रकाश न्यौपानले जानकारी दिए ।

हाल चौथौ बर्ष पुरा गरी पाचौ बर्षमा प्रवेश गरेको अवसरमा ओपीडी तर्फ मुटु रोग विशेषज्ञ, मृगौला रोग विशेषज्ञ, दम, छाति तथा फोक्सोरोग विशेषज्ञ, स्नायु तथा मस्तिस्करोग विशेषज्ञ मा निःशुल्क प्रदान समेत गर्ने भएको छ । यहिा बैशाख १४ गते सम्म यो सेवा प्रदान गरिने व्यवस्थापक न्यौपानले जानकारी दिए । अस्पतालमा हाल १२ प्रकार्को विशेषज्ञ सेवा सहित १४ प्रकृतिको अन्य सेवा प्रदान गर्दै आएको छ ।

अस्पतालले हाल ओपीडी तर्फ २ सय रुपैयाँ र ईमेरेजन्सी तर्फ ३ सय ५० रुपैयाँ मात्रै सेवा शुल्क(टिकट) व्यवस्था गरेको छ । जुन यो क्षेत्रमा अन्य मेडिकल, हस्पतालको भन्दा सस्तो हो । यस्तै बार्षिक उत्सवको अवसरमा विरामीलाई फलफुल वितरण गरिएको छ । अस्पतालमा सेवाको लागि आएका विरामीहरुको लागि स्वाथ्यबद्र्ध फलफुल वितरण गरिएको अस्पतालले जनाएको छ ।

 

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ६ : ४५ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले