१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

बुटवललाई केजरीवालकै दिल्ली शहर जस्तो बनाउन चाहन्छन् मृगेन्द्र कुमार शेरचन



बुटवल । साबिक खस्यौलीमा औलो र हैजाले फटाफट मान्छेको ज्यान जाँदा समेत औलो र हैजासँग जुधेर खस्यौलीमा अडिन सक्ने एउटा समुदाय हो थकाली समुदाय । १९९० को आसपासमा साना-साना होटल संचालन गरेर कारोबार गर्न आएका थकाली समुदाय अन्य धेरैले औलो र हैजासँग लड्न नसकेर पहाड फर्के पनि थकाली समुदाय खस्यौलीमा जरो गाडेर बस्न सक्यो । उनीहरुको स्थायी बसोबास नै हिजोको खस्यौली आजको आधुनिक बुटवल बन्न सक्यो । त्यही समुदायको एउटा जिउँदो इतिहास हुन् – मृगेन्द्र कुमार शेरचन ।

बुटवलका मृगेन्द्र कुमार शेरचनको बुटवल बसाईका हिसाबले अहिले दोस्रो पुस्ता हो । बुटवलमै जन्मिएका उनी खस्यौलीदेखि बुटवल परिवर्तनका जिउँदा साक्षी पनि हुन । बुबा स्वर्गीय लक्ष्मीप्रसाद शेरचन मुस्ताङको थाकखोलाबाट ब्यापारको सिलसिलामा बिस १९९५ सालमा बुटवल झरेका थिए । जो जहाँ बस्यो उसैको नाममा जग्गा जमिन हुने बेलामा झेरेका लक्ष्मीप्रसादले तत्कालिन खस्यौलीमा बसेर सुरु गरेको सानो कारोबारले नै शेरचन परिवारलाई बुटवलको रैथाने नागरिक बनायो ।

उहिलेको खस्यौली अहिलेको पुलचोक क्षेत्रमा केही झुपडीका होटलहरु भएपनि बाँकी भाग जङ्गल नै थियो । हरेक वर्ष औलो, हैजा/कलेराले केही मान्छेहरुको ज्यान जाने गर्दथ्यो । खस्यौलीमा कारोबार गर्न थाकखोलाका थकालीहरुसँग अन्य क्षेत्रका अरु जाती र समुदाय पनि खस्यौली झरेका थिए, तर धेरै जसो औलो र हैजासंग जुध्न नसकेर फेरि पहाड फर्के । तर थकाली परिवार टाउकोमा कफन बाँधेर खस्यौलीमा अडिए । बिस २०२६ सालसम्म पनि लक्ष्मीनगर क्षेत्रमा दिउँसै बाघ देखिने गरेको मृगेन्द्र स्मरण गर्छन् ।

जंगलकै रुपमा रहेको बटौलीमा मानव बस्ती बिकास हुँदै गयो । खस्यौलीमा मानवबस्ती बसाउनुमा शेरचन परिवारको महत्वपूर्ण भूमिका रहेको छ । मृगेन्द्र परिवारकै काँइला बुवा सरस्वती प्रसाद शेरचन नगर प्रमुख हुँदा नै खस्यौलीमा मानिसहरुलाई बोलाई बोलाई बसोबास गर्न र व्यवसाय गर्न आग्रह गरिएको बुटवलका पुराना नागरिकहरु स्मरण गर्छन् ।

आधुनिक बुटवलको सूरुवाती बासिन्दाका एक सन्तती मृगेन्द्र कुमार शेरचन स्थानीय तहको निर्वाचनमा राप्रपाको तर्फबाट मेयर पदमा उम्मेदवार बनेका छन् । खस्यौलीकै बस्तिमा जन्मेका शेरचन बुटवललाई सुन्दर र भ्रष्टाचार मुक्त शहर बनाउन चाहन्छन । संचार र सामाजिक क्षेत्रमा युवा अवस्थाबाट नै लागेका शेरचनको बुटवललाई नमुना नगर बनाउने सपना छ । भष्ट्राचार बिरुद्धको अभियान राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देलको मुल नारालाई पछ्याउदै उनी बुटवलमा नगरप्रमुखमा उम्मेदवार दिएका छन् । नगरलाई भष्ट्राचार मुक्त बनाउने अभियानलाई अगाडि बढाउने उनको चाहना छ । भ्रष्टाचारलाई न्यून गर्न सके मात्र पनि नगरबासीहरुलाई राहत मिल्ने उनको दाबी छ । आम नागरिकको शान्ति सुरक्षा, स्वस्थ्य, शिक्षा प्राथमिकतामा रहेको उनले बताए । नगरभित्रको हाईबे विस्तार रोकिनुपर्ने उनले बताए । उनले भारतिय शहर नजिक नौतनवा बस्तिमा बैकल्पिक सडक बनाएको भन्दै उनले बुटवल नगरपालिकाभित्र हाईबे बन्न नहुने बताउँछन् ।

पाँच वर्षको अवधिमा स्थानिय सरकारबाट भएका विकासमा असहमति जनाउदै उनले धेरै गलत कामहरु औंल्याएका छन ।

शेरचन लुम्बिनीका पहिलो रक्तदाता हुन् । उनी संचार उद्देमी सहित बुटवलको पुरानो क्लब अमर युवा क्लबका संस्थापक अध्यक्ष पनि हुन् । लुम्बिनी सामुदायीक रेडियो पछिको बुटवलको पुरानो तिनाउ एफएम शेरचनले नै संचालन गरेका हुन् ।

धार्मिक, सामरिक, ऐतिहासिक नगरी बुटवल आर्थिक रुपमा पनि उत्तिकै महत्त्वपूर्ण क्षेत्र भएको शेरचनको बुझाई छ । भारतमा दिल्लीको विकासमा केजरीवालको योगदानलाई बुझेका उनी बुटवल बजारलाई पनि उहीँ ढंगबाट अगाडि बढाउन चाहन्छन् । ६२ वर्षिय शेरचन बुटवललाई पनि केजरीवालकै दिल्ली जस्तो शहर बनाउन चाहन्छन् । ‘नागरिकले घरमै बसेर सेवा लिन पाउन्, विजुली पानी र स्वास्थ्य सरकारको दायित्वमा परुन्, नगरमा निरक्षर नरहुन्, रोजगारीका अवसरहरु घर अगाडी नै सृजना हुन् ।’ यस्तैयस्तै सपना मृगेन्द्रले बोकेर चुनावमा होमिएको बताउँछन् । आफ्नो उम्मेदवारी कुनै पार्टीको विरुद्ध नभई बुटवलको विकास गर्ने चाहनाले उम्मेदवारी दिएको शेरचन भन्छन् । सरकारी सेवा आम नागरिकको पहुचमा पुग्न नसकेको दुखेसो गर्दै सहज र सरल सुविधा पुग्ने रुपमा योजना आफुले जिते बनाउने उनको योजना छ । बुटवलमा कर भन्दा पनि करको दायरा बढाउनुपर्ने उनको विचार छ ।

 

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ८ : १० बजे

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका