२२ भदौ २०८३, सोमबार | September 7, 2026

पोखरामा अझै सकिएन मनोनयन प्रक्रिया



पोखरा । पोखरामा अझै मनोनयन प्रक्रिया सकिएको छैन । निर्वाचन आयोगले व्यवस्थापन राम्रो नगर्दा उम्मेद्वार मात्र होइन कर्मचारीसमेत समस्यामा छन् । उनीहरूले रातभर लगाएर मनोनयनको बाँकी काम गरिरहेका छन् । अझै केही घण्टा लाग्ने मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले बताए ।

‘आयोगले लजिष्टिक उपलब्ध गराएन । स्थानीय तहसँग माग्ने भन्यो । तर, पोखरा महानगरले पनि सहयोग गरेन,’ उनले भने, ‘कम्प्युटर र ल्यापटप छैन । काठमाडौंमा महानगरले १० वटा दियो, पोखराले एउटा पनि दिएन । हामीले व्यक्तिगत ल्यापटपबाट काम गरिरहेका छौं । जेनेरेटर नहुँदा केही समय कामै रोकियो ।’

राजनीतिक दलहरू पनि एकै पटक मनोनयनमा आउँदा समस्या परेको उनले बताए । ‘धेरै गाह्रो भो । पार्टीहरूले कोअपरेट गरेनन् । ३ बजेपछि सबै हुल बाँधेर आइदिए,’ उनी भन्छन्, ‘सल्लाह गरेरै फरक दिन आउनु भन्नुपर्ने हो । तर, त्यसो हुन सकेन । रातभर िकाम गर्दा पनि काम सकिएको छैन ।’

आयोगले तोकेको भन्दा बढी कर्मचारी राख्न नपाएका कारण पनि समस्या भइरहेको भट्टराई सुनाउँछन् । उम्मेद्वारहरूबाट विवरण संकलन गरे पनि दस्तावेजीकरण अहिलेसम्म नसकिएको हो । निर्वाचन आयोगको असहयोग गरेका कारण मनोनयन प्रक्रियामा समस्या भएको कर्मचारीहरु बताउँछन् ।

पोखराको मेयरका लागि २५ र उपमेयरका लागि नौ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । गण्डकी प्रदेशभरि हालसम्म १२ हजार एक सय ४६ जनाले मनोनयन दर्ता गराइसकेका छन् । अझै केही तथ्यांक बाँकी भएकाले बढ्न सक्ने बताईएको छ । आयोगले दुई दिन मनोनयनको समय तोके पनि सबैजसो दलहरू भोलिपल्ट अन्तिम समयमा मात्रै पुगेका थिए ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ११ : २८ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा