१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

महोत्तरीमा ७३० जनप्रतिनिधिको लागि ३ हजार ५५३ जनाको उम्मेदवारी



महोत्तरी । महोत्तरीमा आसन्न स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा तीन हजार ५५३ जना उम्मेदवारहरूले मनोनयन दर्ता गरेका छन् । आइतबार र सोमबार भएको मनोनयन दर्तामा जिल्लाका १५ वटै पालिकामा गरी उक्त संख्यामा उम्मेदवारी आएको जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जनाएको छ ।

निर्वाचन आयोग महोत्तरीको अनुसार जिल्लाका १० नगरपालिकाहरूमा १५० जना नगरप्रमुखमा उम्मेदवार दर्ता गरेका छन भने बाँकी पाँच गाउँपालिकामा ८६ जनाले गाउँपालिका प्रमुखमा उम्मेदवारी दर्ता गरेका छन ।

त्यसैगरी जिल्लाका १३८ वटा वडाहरु जम्मा ८८५ जनाले वडा अध्यक्षमा, ५८३ जनाले महिला सदस्यमा, ५५४ जनाले दलित महिला सदस्यमा र ११७३ जनाले सदस्यमा मनोनयन दर्ता गरेको निर्वाचन आयोगले जनाएको छ ।

१५ वटा पालिकामा विभिन्न पदमा गरी ७२० जना मात्र जनप्रतिनिधि निर्वाचित हुनेछन् । महोत्तरीमा तीन लाख ३६ हजार ९५ जना मतदाता छन् भने जिल्लाभरि ४९७ मतदान केन्द्र र २५८ मतदानस्थल रहेका छन् ।

 

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ११ : ५७ बजे

वर्ल्डलिंकद्वारा ११ लाख एफटिटिएच ग्राहकको ऐतिहासिक उपलब्धि

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा डिजिटल सेवा प्रदायक वर्ल्डलिंक

राष्ट्रपतिद्वारा प्रमुख निर्वाचन आयुक्त र आयुक्त नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्को सिफारिसमा प्रमुख निर्वाचन

गृहमन्त्री गुरुङ सुनसरी जाँदै

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आज सुनसरी जाने भएका छन्

प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन

आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिको अपिल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जलगायत क्षेत्रमा हालै