२० मंसिर २०८२, शनिबार | December 6, 2025

छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु



काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ । धनुषा, भक्तपुर, अर्घाखाँची, दार्चुला र सर्लाहीमा भएका दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ सिन्धुलीटोलमा गएराती भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । सडक छेउमा रोकिराखेको ना २ ख ८६२४ नम्बरको ट्रकमा गएराती साढे २ बजे तीन जना सवार लु ८३ प ८६५१ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

मृत्यु हुनेमध्ये हालसम्म एक जनाको मात्र सनाखत भएको प्रहरीले जनाएको छ । सनाखत भएकामा धनुषाकै जनकपुर उपमहानगरपालिका–४ का अन्दाजी १९ वर्षीय सुमित टिण्डेवाल रहेका छन् । अन्य २ जना मृतकको सनाखत हुन अझै बाँकी रहेको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका ३ जना पुरुषको उपचारका क्रममा जनकपुर स्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो ।

ट्रक चालक फरार भएकोले खोजी भइरहेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

भक्तपुरको मध्यपुरथिमी नगरपालिका–४ चारदोबाटो चोकमा बा।४ ख ८५८१ नम्बरको टिपर र बा । प्र ०२–०२३ प ७७६९ नम्बरको स्कुटर ठोक्दिा स्कुटर चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चाँगुनारायण नगरपालिका–३ झौखेल ठकुरी गाउँ बस्ने काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका–६ घर भएका ३२ वर्षीय ज्ञानेन्द्र मल्ल ठकुरी रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–८ छेँडास्थित सडकमा लु ।११ प ८६३९ नम्बरको मोटरसाइकल सोमबार दिउँसो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार सोही नगरपालिका–२ भद्रिखोला बस्ने ६९ वर्षीय बलराम पौडेल रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सन्धिखर्कमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दार्चुलाको शैल्यशिखर नगरपालिका–२ स्थित सडकमा ना । ५ ख १८०८ नम्बरको बसले किच्दा एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने महेश कपाडीको छोरा ६ वर्षीय अमृत कपाडी रहेका छन् । उनको सोमबार दिउँसो घट्नास्थलमै मृत्यु भएको हो ।

बसका चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोही बिषयलाई लिएर स्थानीय बासिन्दाले बसमा आगो लगाउँदा बस पूर्णरुपमा क्षति भएको छ ।

सर्लाहीको बसवरिया गाउँपालिका–४ गोनर्वा स्थित सडकमा बिआर ४३ ए १५४६ नम्बरको डिजे रथको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोडैता नगरपालिका–११ सिसौटिया घर भएकी ७ वर्षीया लक्ष्मीनिया पंडित रहेकी छन् । उनको सोमबार साँझ मृत्यु भएको हो ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  १२ : ३० बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय