१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

भन को थियो ?’ म्युजिक भिडियो सार्वजनिक



काठमाडौं । गायक केशव भावुकको सुमधुर स्वरमा सजिएको गजल गीत ‘भने का थियो ?’ उनको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द न्युजिल्याण्ड निवासी गीतकार नमिता दवाडी रहेकी छिन् । हरि लम्सालले सङ्गीतवद्ध गरेको यस गीतलाई उदयराज पौडेलले सङ्गीत संयोजन गरेका छन् ।

दीपक गिरीले छायाङ्कन गरेको यस भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन । म्युजिक भिडियोमा जीबी चिरन र अस्मिता जुरेलीले अभिनय गरेका छन् । सशान कंडेलको निर्देशनमा भिडियो तयार पारिएको हो ।

‘दैलो खोलिदियौ आधा रातमा आउने भन को थियो ?, को थियो ?’, ‘वाचा बन्धन यता थियो सँगै बाँच्ने, सँगै मर्ने’, ‘म चितामा जलिरहेँ सोधिरह्यो आगोले निर्माेही सोधीरह्यो आगोले’ लगायत बोलका गीत म्युजिक भिडियोमा समावेश गरिएको छ ।

गीतकार दवाडीको युट्युव च्यानल ‘नमिता दवाडी’मार्फत् भिडियो सार्वजनिक भएको हो । यसअघि गीतकार दवाडीको शब्दमा समावेश ‘म मजदूर मायाको’ बोलको म्युजिक भिडियो सार्वजनिक भइसकेको छ । निर्माण समूहले नयाँ म्युजिक भिडियोलाई हेरेर एवं सुनेर प्रतिक्रिया दिन सबै दर्शक, स्रोतालाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  १ : ४५ बजे

उत्तराखण्ड सरकारद्वारा पतञ्जलीका १४ उत्पादनको लाइसेन्स खारेज

काठमाडौं । उत्तराखण्ड सरकारले बाबा रामदेवको पतञ्जलीका १४ उत्पादनको लाइसेन्स

म्याग्दीको अन्नपूर्णमा तीन खानेपानी आयोजना निर्माण

म्याग्दी । गोर्खा वेल्फेयर ट्रष्टको सहयोगमा जिल्लाको अन्नपूर्ण गाउँपालिकामा तीनवटा

‘नेपालको स्वास्थ्य सेवा प्रणालीमा सुधार भएको छ’

वासिङ्टन,डिसी । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक

इलाम-२ मा रास्वपाका उमेदवार मिलन लिम्बूसहित १६ जना उम्मेदवारको जमानत जफत

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नं २ मा इलाम-२ मा

इजरायल र हमासबीच युद्ध विरामको संकेत

काठमाडौं । ६ महिनाको युद्धपछि इजरायल र हमासबीच २४ घण्टामा