२९ भदौ २०८३, सोमबार | September 15, 2026

उपचाररत खेलाडीलाई आर्थिक सहयोग



काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गतको राष्ट्रिय खेलाडी कल्याणकारी कोषले स्वास्थ्य उपचार गराइ रहेका विभिन्न पाँच खेलका ६ खेलाडीलाई आर्थिक सहयोग प्रदान गरेको छ । ६ खेलाडीलाई पाँच लाख ५६ हजार आठ सय ४३ रुपैयाँ हस्तान्तरण गरिएको हो ।

नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक जिताएका एथलेटिक्सका जितबहादुर केसी र करातेका विष्णु नेपालीलाई समान एक लाख २५ हजार रुपैयाँ प्राप्त गरे ।

भलिबलकी रिया कुँवरले ६३ हजार नौ सय २९, आईटीएफ तेक्वान्दोका दीपक गौतमले ८७ हजार नौ सय १४, कराँतेकी कोपिला विष्टले ७५ हजार र ब्याडमिन्टनकी सीमा राजवंशीले ८० हजार प्राप्त गरे । केसीलाई हातमा चोट, विष्णुलाई पक्षघात, रिया, सीमा र कोपिलालाई घुँडामा चोट तथा दीपकलाई काँधको समस्या छ ।

कोषका अध्यष समेत रहेका राखेपका सदस्य(सचिव टंकलाल घिसिङले खेलाडीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । कोषका सदस्य–सचिव समेत रहेका नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठलगायतका पदाधिकारीको उपस्थितिमा सहयोग वितरण गरिएको थियो ।

सदस्य–सचिव घिसिङले सानो सहयोगले पनि ठूलो अर्थ राख्ने बताउँदै कोषको आयतन बढाउनु पर्नेमा जोड दिए ।

‘सानो सहयोगले पनि ठूलो अर्थ राख्छ । राष्ट्रको प्रतिष्ठा र गौरव बढाउने खेलाडीको सहयोगका लागि अन्य निकायको पनि सहयोग खाँचो छ ।’ सदस्य(सचिव घिसिङले भने, ‘कोषको आयतन बढाउन आवश्यक छ । यो कार्यमा म लागिरहेको छु । तपाईहरूको पूर्ण स्वास्थ्यलाभको कामना गर्छु ।’

 

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ३ : ०९ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ