१७ श्रावण २०८३, आइतबार | August 2, 2026

सप्तरीमा दाइजोको निहुँमा कुटपिट, कारबाही नभएको पीडितको आरोप



सप्तरी । सप्तरीको रुपनी गाउँपालिका-६ कि लक्ष्मिनियाँ कुमारी भगत परिवारकै सदस्यबाट कुटिएकी छिन् । ससुरा शिवदयाल भगत र श्रीमान सञ्जिवकुमार भगतसहित परिवारका सदस्यले उनलाई कुटपिट गरेको पीडितले आरोप लगाएकी छिन् ।

कुटपिटबाट गम्भीर घाइते भएकी लक्ष्मिनियाँको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ । कुटपिटबाट घाँटी, ढाड, पाखुरा, टाउकोलगायतमका अंगमा चोट पटक लागेको पीडितको भनाइ छ ।

आइतबार राति मारिदिन्छु भन्दै सासु, ससुरा, श्रीमान, जेठानी नन्दले कुटपिट गरी अचेत बताएको पीडित लक्ष्मिनियाँले बताइन् । ‘मलाई राति नै कुटेर बेहोस बनाएको रहेछ । सोमबार बिहान होसमा आएपछि मात्र ममाथि कुटपिट भएको थाहा पाएँँ,’ उनले भनिन् ।

एक वर्षदेखि दाइँजोको निहुँमा पटक-पटक आफूमाथि शारीरिक, मानसिक दिँदै आएको र यसबारे प्रहरीमा जाहेरी दिँदासमेत पीडकमाथि कारबाही नभएको लक्ष्मिनियाँको दुखेसो छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीमा ससुरा शिव दयाल भगत, सासु सीता देवी भगत, पति सञ्जिव भगत, जेठानी अन्जु भगत, नन्द रन्जु भगत र गाउँकै नातापर्ने विणा भगतले निर्घात कुटपिट गरी घाइते बनाएको किटानी जाहेरी दर्ता गर्दा पनि प्रहरीले प्रशासनले कारबाही नगरेको उनको आरोप रहेको छ।

सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले कुटपिट संलग्न ससुरा शिव दयाल भगतलाई नियन्त्रणमा लिई आवश्यक कारबाही अगाडि बढाएको जानकारी दिए ।

रौतहट माइती भएकी उनी र सञ्जिवबीच चार वर्षअघि मागी विवाह भएको थियो ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ५ : ३१ बजे

अभिभावक लक्षित स्वास्थ्य शिविर र रक्तदान, मन्त्रीले गरे रक्तदान

खजुरा । बाँकेको खजुरा स्थित अरुणोदय माध्यामिक विद्यालयले अभिभावक र

सन्तानेश्वर महादेव मन्दिर : धार्मिक पर्यटनको गन्तव्य

नेपालगन्ज । बाँकेको सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा

प्रहरीको नियन्त्रणमा रहेका कर्मा समूहले यसरी मच्चाउथ्यो लुटपाट

काठमाडौँ । गत असार १३ गते बिहान करिब ४ः०० बजे

क्यान्सर अस्पतालका भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको सहकार्य हुनेछ : मन्त्री खत्री

नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री रत्न खत्रीले

‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

काठमाडौं । अवैधरूपमा अन्तरराष्ट्रिय कल बाइपास (भिओआइपी) मा संलग्न चार