११ पुस २०८२, शुक्रबार | December 26, 2025

सप्तरीमा दाइजोको निहुँमा कुटपिट, कारबाही नभएको पीडितको आरोप



सप्तरी । सप्तरीको रुपनी गाउँपालिका-६ कि लक्ष्मिनियाँ कुमारी भगत परिवारकै सदस्यबाट कुटिएकी छिन् । ससुरा शिवदयाल भगत र श्रीमान सञ्जिवकुमार भगतसहित परिवारका सदस्यले उनलाई कुटपिट गरेको पीडितले आरोप लगाएकी छिन् ।

कुटपिटबाट गम्भीर घाइते भएकी लक्ष्मिनियाँको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ । कुटपिटबाट घाँटी, ढाड, पाखुरा, टाउकोलगायतमका अंगमा चोट पटक लागेको पीडितको भनाइ छ ।

आइतबार राति मारिदिन्छु भन्दै सासु, ससुरा, श्रीमान, जेठानी नन्दले कुटपिट गरी अचेत बताएको पीडित लक्ष्मिनियाँले बताइन् । ‘मलाई राति नै कुटेर बेहोस बनाएको रहेछ । सोमबार बिहान होसमा आएपछि मात्र ममाथि कुटपिट भएको थाहा पाएँँ,’ उनले भनिन् ।

एक वर्षदेखि दाइँजोको निहुँमा पटक-पटक आफूमाथि शारीरिक, मानसिक दिँदै आएको र यसबारे प्रहरीमा जाहेरी दिँदासमेत पीडकमाथि कारबाही नभएको लक्ष्मिनियाँको दुखेसो छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीमा ससुरा शिव दयाल भगत, सासु सीता देवी भगत, पति सञ्जिव भगत, जेठानी अन्जु भगत, नन्द रन्जु भगत र गाउँकै नातापर्ने विणा भगतले निर्घात कुटपिट गरी घाइते बनाएको किटानी जाहेरी दर्ता गर्दा पनि प्रहरीले प्रशासनले कारबाही नगरेको उनको आरोप रहेको छ।

सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले कुटपिट संलग्न ससुरा शिव दयाल भगतलाई नियन्त्रणमा लिई आवश्यक कारबाही अगाडि बढाएको जानकारी दिए ।

रौतहट माइती भएकी उनी र सञ्जिवबीच चार वर्षअघि मागी विवाह भएको थियो ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ५ : ३१ बजे

पर्यटकको आकर्षक गन्तव्य बन्दै अर्घाखाँचीको खाँचीकोट हिल स्टेसन

अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-७ मा खाँचीकोटमा रहेको खाँचीकोट

शान्ति सैनिकको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा मध्य अफ्रिकी गणतन्त्रमा परिचालन भएको

गृह मन्त्रालयद्वारा १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको

प्रधानमन्त्री सुशीला कार्कीद्वारा मन्त्रिपरिषद् विस्तार, बालानन्द शर्मा परराष्ट्रमन्त्री नियुक्त

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै नेपाली सेनाका