१५ माघ २०८२, बिहिबार | January 30, 2026

नेपालका हिमाल आरोहण गर्न ८८६ जनाले पाए अनुमति, ४५ करोड राजस्व संकलन



काठमाडौं । यसवर्ष नेपालका २५ वटा हिमाल आरोहण गर्नको लागि ८८६ जनाले अनुमति पाएका छन् । पर्यटन विभागले उनीहरुलाई अनुमति दिएको हो ।

विभागका अनुसार यसवर्ष ११० समूहले हिमाल आरोहणको लागि अनुमति लिएका छन् । ती समूहमा ६९२ जना पुरुष र १९४ जना महिला रहेका छन् ।

सबैभन्दा बढीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको लागि अनुमति लिएका छन् । हालसम्म सगरमाथा आरोहणको लागि ३८ समूहका ३०३ जनाले अनुमति पाएका छन् ।

विभागका अनुसार यसवर्ष लोत्से हिमाल आरोहणको लागि ११२ जना, आमादब्लम हिमाल आरोहणको लागि ९७ जना, कञ्चनजंगा हिमाल आरोहणको लागि ६८ जना, अन्नपूर्ण फस्ट हिमाल आरोहणको लागि २६ जना, हिमलुङ्ग हिमाल आरोहणको लागि ३५ जना, धौलागिरी हिमाल आरोहणकोृ लागि २७ जना, मकालु हिमाल आरोहणको लागि ३९ जना र नुप्त्से हिमाल आरोहणको लागि ५७ जनाले अनुमति पाएका छन् ।

यसवर्ष १३२ जना अमेरिकी, १०५ जना बेलायती, ६३ जना बेलायती, ३४ जना क्यानेडेली, ५५ जना फ्रेन्च, २५ जना जर्मन, २९ जना अष्ट्रेलियाली, २५ जना स्पेनीस लगायतले हिमाल आरोहणको लागि अनुमति लिएका छन् ।

हिमाल आरोहणको लागि अनुमति दिंदा हालसम्म ४५ करोड ६९ हजार ९२१ रुपैयाँ राजस्व उठेको विभागले जनाएको छ । सगरमाथा आरोहणको लागि अनुमति दिंदा मात्र ३७ करोड ८० लाख ६७ हजार २५० रुपैयाँ राजस्व उठेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ५ : ४६ बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला