७ पुस २०८२, सोमबार | December 22, 2025

एमाले खजुराले ल्यायो ११२ बुँदे प्रतिबद्धतापत्र



खजुरा । नेकपा एमाले खजुरा गाउँपालिका कमिटीले स्थानीय तह निर्वाचनका लागि ११२ बुँदे प्रतिबद्धता पत्र सार्वंजनिक गरेको छ । एमालेको विरासत जोगाउने उद्देश्य सहित घोषणापत्र ल्याईएको वर्तमान पालिका अध्यक्ष एवं एमाले बाँके अध्यक्ष किस्मत कुमार कक्षपतिले बताए ।

गांउपालिका कमिटीले बनाएको प्रतिबद्धतापत्र एमाले बाँकेका अध्यक्ष कक्षपति, सचिव रत्न खत्री, गाउँपालिकाका उपाध्यक्ष एकमाया विक लगायतले लगायतले सार्वजनिक गरेका हुन् ।

प्रतिबद्धतापत्रमा काठमाडौंंको बुढानिलकण्ठ स्कुलको मोडलमा खजुरामा एउटा विद्यालय सञ्चालन गर्ने, माध्यमिक तहका सबै विद्यालयहरुमा पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गर्ने, मेरो खजुरा म सफा गर्छु भन्ने मूल नाराका साथ स्वच्छ खजुरा महाअभियान सञ्चालन गर्ने उल्लेख छ ।

त्यसैगरी ५ वर्षभित्र खजुराका सबै ग्राभेल सडक कालोपत्रे गर्ने, कृषकलाई उत्पादनका आधारमा अनुदान दिने व्यवस्था गरिने, युवाहरुमा उद्यमशीलताको विकास गर्न २० करोडको उद्यमी युवा घुम्ती कोषको स्थापना गरिने र त्यसबाट ५ वर्षमा २ हजार युवा उद्यमी बनाउने लक्ष्य रहेको छ ।

एमालेबाट खजुरा गाउँपालिका अध्यक्षका उम्मेदवार सुमन मल्लले प्रतिबद्धता पत्र सिरानीमा राखेर सुत्न र कार्यान्वयन भए नभएको हेर्न खजुराबासीसँग अनुरोध गरेका छन् । उनले भने, ‘मैले प्रतिबद्धता जनाउने मात्र होइन । पूर्ण कार्यान्वयन गर्ने प्रतिबद्धता ब्यक्त गर्दछु ।’

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  १० : ४३ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको