१८ भदौ २०८३, बिहिबार | September 3, 2026

संघीय सरकारले बाटो नबनाए उपमहानगरकै बजेटबाट बुटवलको बाटो बन्छ : एमाले उम्मेदवार बाबुराम भट्टराई (भिडीयोसहित)



बुटवल । स्थानीयतह निर्वाचनमा बुटवल उपमहानगरालिकाका लागि एमालेबाट मेयर पदका उम्मेदवार बावुराम भट्टराईले असार सम्ममा संघीय सरकारले बुटवल चौराहा देखि चिडियाखोला सम्मको बाटो नबनाए उपमहानगरकै बजेटबाट बाटो बनाएर देखाइदिने बताएका छन् । खबरकुरा अनलाईन टिभिसँग करा गर्दै मेयरका प्रत्यासी भट्टराईले संघीय सरकारको जिम्मेवारी अन्तर्गत पर्ने बाटो भएपनि बाटो समयमा नबनिदिँदा उपमहानगरलाई दोष आएको बताए ।

उनले बुटवललाई नमुना शहर बनाउने गरि आफु अगाडि बढेको बताउँदै पूर्ववत नगर प्रमुखले थालेका कामहरु पुरा गर्नु आफ्नो दायीत्व हुने बताए । उनले ५ वर्षको अवधिमा पूर्वाधार विकासका धरै काम भएको दाबी गर्दै नगर प्रमुखले मतदाताको मन जित्न भने नसकेको स्विकार गरे । ‘भोट दिइसकेपछि मतदाताको आफ्नो कुरा सुनोस भन्ने चाहना हुन्छ, तर परिणाम पछि मतदाताहरुको कुरा सुन्नेमा केही समस्या देखिएको पाइयो ।’ उनले भने ।

उनले बुटवलको मुख्य समस्या अव्यवस्थित बसोबास रहेको उल्लेख गर्दै मोतीपुर लगायतका स्थानका अव्यवस्थित बसोबास गरिरहेका नागरिकलाई व्यवस्थित गर्नु आफ्नो पहिलो काम हुने बताए ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ३ : १३ बजे

भोटेकोशीको भेलले बगाएको स्याफ्रुबेसीको सपना (फोटोफिचर)

काठमाडौं । यी दृश्यहरू रसुवाको प्रमुख व्यापारिक तथा पर्यटकीय केन्द्र

जलवायु न्यायका लागि सामूहिक पहल आवश्यक छ : पर्यावरणमन्त्री चौधरी

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यही भदौ

भोटेकोशी बाढी : डिएनए परीक्षणबाट पहिचानको आशमा आफन्त

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका

रसुवा, नुवाकोट र धादिङमा वर्षाको सम्भावना

काठमाडौं । भोटेकोशी बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा आज