११ पुस २०८२, शुक्रबार | December 26, 2025

लुम्बिनी मेडिकल कलेजको पाँचौ तलाबाट हाम फाल्दा १ जनाको मृत्यु



पाल्पा । पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभासको ५ औं तलाबाट हाम फालेर एकजनाको मृत्यु भएको छ । रामपुर नगरपालिका –७ कठानका ४२ वर्षीय गंगा बहादुर सोमैको अस्पतालको छतबाट हाम फालेर निधन भएको हो ।

गत बैशाख ९ गते भाइको घर पाल्पा रामपुरबाट आफ्नो घरतर्फ जाने क्रममा घर नजिकै सडकको नालीमा लडेको अवस्थामा स्थानीयले उनलाई फेला पारेका थिए । लडेर घाइते भएका सोमैलाई उपचारका लागि रामपुर अस्पताल पुर्‍याइएकोमा त्यहाँ उपचार हुन नसक्दा थप उपचारका लागि लुम्बिनी मेडिकल कलेजमा रिफर गरिएको थियो। उपचारका क्रममा रहेका सोमैले अस्पतालको पाचौं तलाबाट हाम फालेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रहरीका अनुसार हाम फालेका सोमैको घटनास्थलमै मृत्यु भएको हो । उनको शवलाई पोष्टमार्टका लागि जिल्ला अस्पतालमा राखिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बिरेन्द्र थापाले जानकारी दिए ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ५ : २२ बजे

पर्यटकको आकर्षक गन्तव्य बन्दै अर्घाखाँचीको खाँचीकोट हिल स्टेसन

अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-७ मा खाँचीकोटमा रहेको खाँचीकोट

शान्ति सैनिकको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा मध्य अफ्रिकी गणतन्त्रमा परिचालन भएको

गृह मन्त्रालयद्वारा १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको

प्रधानमन्त्री सुशीला कार्कीद्वारा मन्त्रिपरिषद् विस्तार, बालानन्द शर्मा परराष्ट्रमन्त्री नियुक्त

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै नेपाली सेनाका