७ पुस २०८२, सोमबार | December 22, 2025

राजनीति थालेको ३० वर्ष पछि उपमेयरको दौडमा सावित्रा



बुटवल । २०३६ सालको निर्दलिय व्यवस्था विरुद्धको बहुदलको आन्दोलन देखि नै आन्दोलनमा सक्रिय एमाले नेतृ सावित्रा अर्याालले पार्टीको आन्तरिक राजनीतिमा पटक पटक अवसर पाएपनि प्रत्येक्ष जनताको सेवा गर्ने अवसर पाएकी थिइनन् । अनवरत पार्टी संगठन मै क्रियाशिल रहेकी अर्यालले राजनीति थालेको ३ दशक पछि जन प्रतिनिधिको उच्च ओहोदाका लागि लड्ने मौका पाएकी छिन् । नेकपा एमालेले बुटवल उपमहानगरपालिकाको उपमेयरमा उनलाई उम्मेदवार बनाएको छ ।

नेत्रप्रसाद आचार्य र दिलकुमारी आचार्यकी छोरी अर्याल पाल्पाको कुशुमखोलामा २०१९ सालमा जन्मिएकी हुन्। उनको बिहे विष्णुप्रसाद अर्यालसँग भएपछि बुटवलमा बस्दै आएकी थिइन्। एक छोरा र एक छोरीकी आमा अर्यालले प्रमाणपत्र तहसम्मको अध्ययन गरेकी छन्। सानै उमेरमा राजनीतिले तानेपछि सावित्राले उच्च शिक्षा भने लिन पाइनन् ।

१५-१६ वर्षको कलिलो उमेरमा राजनीतिमा लागेकी सावित्राले पञ्चायती व्यवस्थाको दमन र अत्याचारबाट राजनीतिमा प्रवेश गर्न अभिप्रेरित गरेको थियो । पञ्चायतीकालमा व्यवस्थाको, नेताहरुको र राजारानीका विरुद्ध बोल्न र लेख्न पाइदैन थियो । सावित्राले त्यस्तो अवस्थामा समेत तीजका दिन गाइजात्राका दिन र स्कुल कलेजमा हुने कार्यक्रमहरुमा गीतका भाकाहरुबाट व्यवस्थाका विरुद्ध विचारहरु व्यक्त गर्थिन् । ‘जनता मार्ने समान्तलाई गाँउबाट खेद्ने हो, जनताहरु सबै मिली तिनलाई घेर्ने हो….’सावित्राले त्यतिबेला तीजमा गाउने गीतका अंश हुन् यी शब्द । गाँउमा हुने प्राय सबै कार्यक्रममा कहिं न कहिंबाट राजनीति घुसाईने गरेको स्मरण सावित्रामा अझै ताजा छ ।

त्यतीबेलाको नेकपा मालेमा सदस्यता पाउन त्यत्ती सजिलो थिएन । अर्को पार्टीबाट पार्टी प्रवेश गर्यो, सेल कमिटीमा नबस्दै सिधै केन्द्रीय सदस्य बन्ने व्यवस्था त्यतिबेला थिएन । सावित्रा ३६ सालको आन्दोलनबाट मालेमा आकर्षित भईन् । २०३९ सालमा पार्टीमा संगठित बनिन् । पार्टीले नवलपरासीमा काम गर्न पनि खटायो, तर सावित्रालाई मालेले पार्टी सदस्यता भने २०४७ सालमा मात्र दियो । वर्ग हेरेर सदस्यता पाउने व्यवस्था हुन्थ्यो । सर्वहारा र गरिव परिवारका कार्यकर्ताले तुरुन्त सदस्यता पाउँथे भने निम्नमध्यम वर्गले ६ महिना, मध्यम वर्गले १ वर्ष र धनी वर्गले लामो परिक्षणकाल विताउनु पर्दथ्यो । त्यसै कारण २०३९ सालमा भूमिगत राजनीति गरेकी सावित्राले २०४७ सालमा सदस्यता पाईन् ।

हाल नेकपा एमाले केन्द्रीय सदस्य रहेकी अर्याल २०४९ सालमा तत्कालीन बुटवल नगरपालिकाको कार्यपालिका सदस्यमा मनोनित भएकी थिइन्। २०५४ सालमा निर्वाचित वडा सदस्य भएर उनले जनप्रतिनिधिको भूमिका निर्वाह गर्दै आएकी थिइन्। जनप्रतिनिधिको अनुभव भएपनि त्यतीबेलाको नगरपालिका अहिलेको जस्तो शक्तिशाली थिएन । केन्द्रीय सरकारको सानो प्रतिनिधिकारुपमा मात्र काम गर्न पाउने नाम मात्रको विकेन्द्रीकरण लागु भएकाले केन्द्र सरकारकै आदेश र निर्देशनमा जनप्रतिनिधि चल्नु पर्दथ्यो । संघीयतासंगै अधिकार सम्पन्न स्थानीय सरकार बनेपछि जनप्रतिनिधिकारुपमा प्रतिस्पर्धा गर्न पाउँदा आफु उत्साहित भएको सावित्रा बताउँछिन् ।

सावित्राले राजनीतिमा क्रियाशिल हुँदाहुँदै पनि सामाजिक क्षेत्रमा धेरै योगदान गरेकी छिन् । सामाजिक क्षेत्रले उनलाई सम्मान पनि प्रदान गरेको छ । २०६२र६३ को जनआन्दोलनमा घाइतेसमेत भएकी अर्याल बुटवल महिला जेसिजबाट ‘लेडी अफ द इयर २००८’ बाट सम्मानित भएकी थिइन्।

बुटवलमा महिला समाजसेवीको पहिचान बनाएकी अर्यालले बाल्यकालमा विद्यालय जान नपाएका आमाहरूका लागि महिला विद्यालय स्थापना गरी शिक्षा क्षेत्रमा अभियान चलाएकी छिन्। उनकै अध्यक्षतामा स्थापना भएको साधना महिला विद्यालयमा अहिले पनि १५ वर्षदेखि ७० वर्ष उमेरसम्मका एक सयभन्दा बढी महिलाहरू अध्ययनरत छन्। शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै सावित्रा राष्ट्रपतिबाट शिक्षासेवीको जनसेवा श्री चतुर्थबाट विभूषित समेत भइसकेकी छन्।

अर्याल शिक्षासँगै सञ्चार क्षेत्रमा पनि निरन्तर क्रियाशील छन्। बुटवलमा महिलाहरू मात्रैले स्थापना गरेको रेडियो मुक्तिको पूर्व अध्यक्ष, रेडियो मदनपोखराको संस्थापक सदस्य, लुम्बिनी टेलिभिजनको संस्थापक सदस्य रहेकी उनले जीवन आश्रित स्मृति प्रतिष्ठान र मदन आश्रित अक्षय कोषकी पनि संस्थापक सदस्य रहेर काम गर्दै अनुभव उनीसँग रहेको छ ।

पाँच दलीय गठबन्धनबाट बुटवलमा नगरप्रमुख र उपप्रमुख दुवैमा पुरुष उम्मेदवार घोषणा भएका कारण पनि सावित्रालाई चुनाव जितिने कुरामा निर्धक्क बनाएको छ । गठबन्धनले महिलालाई उपेक्षा गरेको छ, यस्तो अवस्थामा महिलाको मत आफुलाई आउनेमा आशाबादी छु । सावित्राले भनिन् ।

यसअघिको निर्वाचनमा पनि नेपाली कांग्रेस र माओवादी केन्द्र दुवै दलबाट नगरप्रमुख र उपप्रमुख दुवै पदमा पुरुष उम्मेदवार बनेपछि एमालेकी गोमादेवी आचार्य झण्डै १० हजार मतअन्तरले निर्वाचित भएकी थिइन्।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  ७ : ५४ बजे

चर्चित नेता प्रल्हाद गिरिसहित विभिन्न जिल्लाबाट एमाले नेता तथा निर्वाचित जनप्रतिनिधि नेकपा प्रवेश

काठमाडौं । विभिन्न जिल्लाबाट नेकपा ९एमाले० परित्याग गरी चार दर्जनभन्दा

नेप्से परिसूचकमा १३ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ८८

काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै

मनाङ । जिल्लाको चामे गाउँपालिका-४ सिङ्गरखर्कमा नयाँ ‘काजिनसारा ताल’ फेला

निर्वाचन सुधारका तीन विषयमा सरकारले माग्यो सुझाव – ‘नो भोट’देखि प्रवासी मतदानसम्म

काठमाडौं । सरकारले निर्वाचन प्रणाली सुधारसँग सम्बन्धित तीन महत्वपूर्ण विषयमा

मितेरी पुल निर्माणसँगै केरूङ पासको नवीकरण सुरु

रसुवा । नेपाल–चीनबीचको ल्हेन्देखोलामा मितेरीपुल पुनर्निर्माण भएसँगै अध्यागमन कार्यालय रसुवाले