८ बैशाख २०८१, शनिबार | April 20, 2024

रुपन्देही विकास सिकाउने थलोका रुपमा विकसीत भएको छ : एमाले उपाध्यक्ष पौडेल



बुटवल । पूर्वअर्थमन्त्री तथा नेपाल कम्युष्टि पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले रुपन्देही देशलाई विकास सिकाउने थलोका रुपमा विकसीत भएको बताएका छन ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुटवल-बेलहिया सडक लगायत अन्य पूर्वाधार निर्माणको विकासले रुपन्देही विकासका लागि सिक्न आउने ठाउँ बनेको उनले उल्लेख गरे ।

नेकपा एमाले बुटवल उपमहानगरपालिका-१३ ले आयोजना गरेको कार्यकर्ता भेलामा बोल्दै उनले पार्टी प्रति समर्पित कार्यकर्ताले विकासका लागि सहि जनप्रतिनिधी छनौट गरेकाले यो ठाउँलाई विकासको उचाइमा पु¥याउन सफल भएको बताए ।

पूर्वअर्थमन्त्री पौडेलले रुपन्देहीको तिनाउ र दानव नदीमा दर्जनौ पुल बनेका कारण वारी र पारीको विभेद हटेको भन्दै उनले पूर्वाधार विकास, सामाजिक न्यायको कामलाई सँगसगै अगाडी बढाएको उल्लेख गरे ।

बुटवल–गैडहवा सडक निर्माणसँगै दाउन्नेमा सुरुङ निर्माण तथा सिद्धबाबामा समेत सरकारकै लगानीमा सुरुङमार्ग निर्माणकालागि डिपिआर अध्ययन भइरहेको बताउँदै उनले केही समयमै बुटवल-पोखरा र बुटवल-गोरुसिङ्गेको काम शुरु हुने उनले बताए । “बुटवल जितगढी स्थित तिनाउ पुलमा सिग्नेचर ब्रिज बन्दै छ, इन्जिनियरको सल्लाहमा काम हुन्छ ”, उनले भने । उपाध्यक्ष पौडेलले एमाले नेतृत्वको सरकारले देशका ७५३ वटै पालिकामा अस्पताल निर्माण गर्ने लक्ष्य अनुसार १६५ अस्पतालको सिलान्यास गर्ने काम भए पनि वर्तमान सरकारले यो योजना कार्यान्वयनमा बाधा उत्पन्न गरेको बताए ।

नागरिकप्रति दायित्व बोध गर्ने पार्टी भएकाले एमाले नेतृत्वको सरकारले सामाजिक सुरक्षा भत्ता शुरु गरेको स्मरण गर्दै पुर्वअर्थमन्त्री पौडेलले भने, “ खानेपानी स्वच्छ भए नागरिक स्वस्थ हुन्छन् भन्ने मनसायले निशुल्क पानी उपलब्ध गराउने योजना ल्यायौँ, तर अहिलेको सरकारले न योजनाको विरोध गर्छ न त कार्यान्वयन गर्छ ।” “एमाले छ विकास छ, एमाले छैन विकास छैन । विकास र सामाजिक न्यायका लागि एमाले चाहिन्छ भन्ने जनताले राम्रोसँग बुझेका छन्”, उपाध्यक्ष पौडेलले भने ।

उपाध्यक्ष पौडेलले तिनाउ नदी करिडोर निर्माणका साथै सुकुम्बासी बस्तीमा लालपूर्जा वितरणको कामले छिट्टै पूर्णता पाउने विश्वास व्यक्त गरे । “हामीले लालपूर्जा वितरणका लागि आयोग बनायौ, जग्गा नापजाँच गरेर प्रक्रिया पुरा गर्ने समयमा वर्तमान सरकारले आयोग खारेज गरिदियो तर अब एमाले नेतृत्वमा बन्ने सरकारले यो काम पूरा गर्छ ।” उपाध्यक्ष पौडेलले भने ।

कार्यक्रममा एमालेका पोलिटब्युरो सदस्य दधिराम न्यौपाने, जिल्ला अध्यक्ष तेजेन्द्र केसी नेताहरु पुरुषोत्तम घिमिरे, मधुकला कुँवर, दिपक पन्थी लगायतले जनताको मुहारमा खुशी ल्याउन एमाले नेतृत्वको सरकारको विकल्प नभएको बताए ।

नेकपा एमाले बुटवल उपमहानगरपालिका-१३ को अध्यक्षमा शोभाखर पोखरेल, महिला सदस्यमा मन्दिरादेवी गौडेल, दलित सदस्यमा कृष्णा सुनार, सदस्यमा झबिन्द्र थापा र दलबहादुर थापाले उम्मेदवारी दिएका छन ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  ६ : ५६ बजे

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी, १८ दिनपछि ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच