१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

ऋण तिर्न नसक्दा घरमा आगो लगाइदिएको गुनासो



सप्तरी । सप्तरीको कदमाहामा सञ्चालित मेरो माइक्रोफाइनान्स लघुवित्त बैंकका कर्मचारीहरुमाथि ऋण तिर्न नसक्दा ऋणीको घरमा आगो लगाइदिएको आरोप लागेको छ ।

सुरुङ्ग नगरपालिका-३ लक्ष्मीपुरकी सरस्वती सिंहको घरमा गत ५ वैशाखमा बैंकका कर्मचारीहरुले आगो लगाइदिएको पीडितको आरोप छ।

समयमै ऋण तिर्न नसक्दा सरस्वतीकी ९२ वर्षीया हजुर सासुआमा लालोदेवी महतोलाई गालीगलौज गरी उनको दुईवटा भैसी खोलेर लान लाग्दा बैंककै महिला कर्मचारीले बिँडी सल्काई आफ्नो घरमा आगो लगाएको आरोप लागेको छ ।

आगलागीबाट २४ लाख ३६ हजार बारबरको धनमाल नष्ट भएको सिंहले बताइन् । उनले संस्थाबाट क्षतिपूर्ति उपलब्ध गराइदिन मागसहित प्रहरीमा उजुरी दिएकी छिन्।

लघुवित्त संस्थाका शाखा प्रवन्धक महादेवचौधले संस्थाका कर्मचारीले आगो नलगाएको, तर भैसी चाहिँ ल्याएको बताए। ३ असार ०७८ मा ५० हजार र ६ असोजमा दुई लाख गरी दुईपटक ऋण लिएकी सरस्वतीले दुई लाखको १२ हजार पाँच सयका दरले पाँच किस्ता र ६ हजारका दरले ५० हजारको नौ किस्तासमेत बुझाइसकेको प्रबन्धक चौधरीको भनाइ छ।

 

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  २ : १९ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम