२० मंसिर २०८२, शनिबार | December 6, 2025

एनएसएललाई एन्फाले दियो १५ भदौको नयाँ मिति



काठमाडौं । विभिन्न प्रश्न र प्रतियोगिताको अस्तित्वकाबीच रोकिएको नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले नयाँ मिति तोकेको छ ।

एन्फाले बिहीबार चौधरी ग्रुपको स्वामित्वमा रहेको आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्टस् म्यानेजमेन्टलाई पत्र काट्दै १५ भदौदेखि २५ असोज सम्मका लागि नयाँ मिति दिएको हो । तर, आयोजकले यस समयमा अत्याधिक वर्षा हुने कारण देखाउँदै पूर्व निर्धारित समयमै प्रतियोगिता गर्न दिन आग्रह गरेको छ ।

‘हामीलाई एन्फाले हिजो (बिहीबार) नयाँ मिति दिएको छ । तर, त्यो समयमा अत्याधिक वर्षा हुने हुँदा पूर्व निर्धारित समय नै माग गरेका छौं,’ एनएसएल स्रोतले न्युज कारखानालाई भन्यो । यसअघि आयोजकले २५ भदौदेखि ५ कात्तिकसम्म प्रतियागिताको लागि स्वीकृत मागेको थियो ।

एन्फा महासविच इन्द्रमान तुलाधरले प्रतियोगिताको लागि नयाँ मिति स्वीकृत गरेको न्युज कारखानालाई बताए । एन्फाका तर्फबाट तुलाधरले पत्रका हस्ताक्षर गरेका छन् ।

पहिलो संस्करण सफलतापूर्वक सम्पन्न भएको एनएसएल दोस्रो संस्करण भने विभिन्न विवादपछि स्थगित भएको थियो ।

एनएसएल सहभागी १० क्लबले ए डिभिजन लिग खेलिरहेका खेलाडीलाई नियमविपरीत मार्की खेलाडी घोषणा गर्नु र एन्फाले अक्सनसमेत रोक्न आग्रह गर्दा नरोकिएपछि प्रतियोगिता स्थगितसम्म पुगेको थियो ।

यसपछि ए डिभिजन खेल्ने चार क्लबले एनएसएल प्रतियोगिताको आयोजना र अस्तित्वका विषयमा प्रश्न उठाएपछि विवाद सतहमा आएको थियो । र एनएसएस स्थगित भएको थियो ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ३ : २७ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय