२६ बैशाख २०८३, शनिबार | May 9, 2026

लुम्बिनी प्रदेशका बहुमत पालिकामा एमाले एक्लैको विजयी सुनिश्चित छ : पोलिट व्युरो सदस्य लिला गिरी



बुटवल । नेकपा एमालेका पोलिट व्युरो सदस्य लिला गिरीले एमाले जनताको पार्टी भएकाले बहुमतका साथ यो निर्वाचनमा विजयी हुने बताएका छन ।

नेकपा एमाले तिलोत्तमा वडा नं. ५ को बृहत्त कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले एमाले सरकारमा रहदा विकास, सुसासन, रोजगारी सिर्जना लगायतका विभिन्न कामहरु गरेको भन्दै जनताले यस पटक पनि एमालेले बहुमत सिटमा जित हासिल गर्ने बताएका हुन ।

उनले तिलोत्तमा नगरपालिकामा मात्र नभई लुम्बिनी प्रदेशका बहुमत पालिकामा एमाले एक्लैको विजयी सुनिश्चित भएको बताए । उनले एमालेले गरेका कामको प्रचार टोल टोलमा गर्दै निर्वाचनमा सवै लाग्न निर्देशन समेत दिए । राष्ट्रिय सभा सदस्य गोपाल भटट्राई एमाले संग कोही पनि प्रतिस्पर्धी नभएको भन्दै गठबन्धनको नाटक मञ्चन रचेपनि जनताले यो चुनावमा देखाईदिने बताए ।

तिलोत्तमा नगरपालिकाका नगरप्रमुखका उम्मेदवार मोहन चापागाईले ५ बर्षको अवधिमा तिलोत्तमा नगरपालिका भित्र भएका कामबाट नेपाली कांग्रेस तर्सेको भन्दै तिलोत्तमामा एमाले विजयी हुने दावी गरे । तिलोत्तमा नगरपालिकाको उचाईलाई अझ बढाउँदै समुन्नत तिलोत्तमा नगरपालिकाका लागि आफ्नो उम्मेदवारी रहेको भन्दै सवैलाई मत दिन आग्रह गरे ।

उपप्रमुखकी उम्मेदवार जागेश्वरी देवी चौधरीले ५ बर्षको अवधिमा तिलोत्तमा नगरपालिकामा जग बसालेर काम अगाडि बढाएको भन्दै यसलाई दिगो बनाउनका साथै अधुरा योजना सम्पन्न गर्न एमालेका उम्मेदवारलाई मत दिन आग्रह गरिन ।

निर्वाचनको मिति नजिकिदै गर्दा एमाले तिलोत्तमा नगर कमिटि, वडाका शाखा कमिटिहरुले अहिले धमाधम कार्यकर्ता भेला र प्रशिक्षण गरिरहेको छन । त्यहि कार्यक्रम अन्तर्गत वडा नंं ५ मा कार्यकर्ता भेला तथा प्रशिक्षण सम्पन्न भएको हो ।

कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्षका उम्मेदवार चेत नारायण भण्डारी, वडा सदस्य गायत्री पाण्डेय, सुमन नेपाली, मनिष कुमार अधिकारी र यज्ञमुर्ती पाण्डेको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ७ : १५ बजे

वनको दाउरा कसले लिने भन्ने विषयमा विवादपछि एक जनाको ज्यान गयो

घोराही । जिल्लाका राजपुर गाउँपालिका–४ मोतीपुरस्थित एक सामुदायिक वनमा दाउरा

रसुवा भन्सारमा सामान जाँचपास सुरु

रसुवा । अधिकतम खुद्रा मूल्य (एमआरपी) स्टिकर नलागेका कारण रोकिएको

अनलाइन प्रणालीसँगै भारतीय सवारी निगरानी कडाइ

भैरहवा । नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधन माथिको निगरानी थप

सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान

काठमाडौँ । सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ

सीताको अग्निपरीक्षा

के तपाईंले कहिल्यै सोच्नुभएको छ, एउटी स्त्रीलाई न्याय चाहिन्छ कि