१ पुस २०८२, मंगलबार | December 16, 2025

गठबन्धनमा कांग्रेसले इमान्दारिता देखाएनः कुँवर



अछाम । नेकपा एकिकृत समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा सुदुरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष शेरबहादुर कुँवरले सत्तारुढ गठबन्धनमा कांग्रसले इमान्दारिता नदेखाएको आरोप लगाएका छन् ।

कुँवरले आसन्न स्थानीय तहको निर्वाचनका लागि गठबन्धनमा समाजवादी पार्टी हदैसम्मको लचकता अपनाए पनि कांग्रेसले ईमान्दारिता नदेखाएका कारण तालमेल हुन नसके बताए ।

कांग्रेस चेन अफ कमाण्डमा नचल्दा समाजवादी र माओवादी पार्टीले आ-आफ्नै हिसाबले उम्मेदारी दर्ता गरेको उनले बताए । गठबन्धन भनेको लिने र दिने भए पनि कांग्रेसले त्यसलाई स्वीकार गर्न नसक्र्दा अछाममा त्यसको असर परेको उनको भनाई छ । उनले आफू पार्टीको नीति र विचारमा अघि बढ्ने बताए ।

अछाममा सत्तारुढ दलबीच पालिकाको सिट भागबण्डा नमिलेपछि नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी आ–आफ्नै हिसाबले चुनाव अभियानमा छन् ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ६ : ३९ बजे

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज

सामाजिक सञ्जालमा प्रेम गरी विवाह गर्न भारत जाने युवती बेचबिखनको जोखिममा

राँझा । भारतीय व्यक्तिसँग सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएका आधारमा

लागुऔषध ओसारपसार गर्ने एक भारतीयसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले लागुऔषध ओसारपसार तथा बिक्रीवितरण गरेको अभियोगमा एक

पाँच फर्मलाई जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच