२६ बैशाख २०८३, शनिबार | May 9, 2026

बोलेरो जिप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना घाइते



सिन्धुली । सिन्धुलीको तीनपाटन गाउँपालिका-१ नक्कलेमा भएको बोलेरो दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् ।

दुर्घटनामा तीनपाटन गाउँपालिका-९ आम्बोटेका रामजी भण्डारी, कमलामाई नगरपालिका-७ घर भएकी रूपा मगर र काले भनिने तीर्थ परियारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, दुर्घटनामा सातजना घाइते भएका छन् । उनीहरुमध्ये कर्णबहादुर विक, तुल्सिराम पहाडी र चालक राजु खत्रीलाई थप उपचारका लागि सिन्धुली अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले जानकारी दिए ।

अन्य घाइतेको बेलघारी स्वास्थ्य चौकीमा उपचार भइरहेको र उनीहरूको पनि सिन्धुली अस्पताल ल्याउने तयारी भइरहेको लामाले बताए ।

सडकबाट तल खोल्सामा गाडी खसेको र गाडीमुनि मानिस थिचिएको उनले बताए। दुर्घटनास्थलबाट गाडी निकाल्न सकिएको छैन ।

सिन्धुलीबाढीबाट तीनपाटन गाउँपालिकाको चकमकेतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-०२६ च ०७५६ नंको सिङ्गलक्याप पिकअप बोलेरो दुर्घटना भएको हो। उकालोमा ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको अनुमान छ ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ६ : ५१ बजे

वनको दाउरा कसले लिने भन्ने विषयमा विवादपछि एक जनाको ज्यान गयो

घोराही । जिल्लाका राजपुर गाउँपालिका–४ मोतीपुरस्थित एक सामुदायिक वनमा दाउरा

रसुवा भन्सारमा सामान जाँचपास सुरु

रसुवा । अधिकतम खुद्रा मूल्य (एमआरपी) स्टिकर नलागेका कारण रोकिएको

अनलाइन प्रणालीसँगै भारतीय सवारी निगरानी कडाइ

भैरहवा । नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधन माथिको निगरानी थप

सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान

काठमाडौँ । सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ

सीताको अग्निपरीक्षा

के तपाईंले कहिल्यै सोच्नुभएको छ, एउटी स्त्रीलाई न्याय चाहिन्छ कि