२५ असार २०८२, बुधबार | July 9, 2025

बोलेरो जिप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना घाइते



सिन्धुली । सिन्धुलीको तीनपाटन गाउँपालिका-१ नक्कलेमा भएको बोलेरो दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् ।

दुर्घटनामा तीनपाटन गाउँपालिका-९ आम्बोटेका रामजी भण्डारी, कमलामाई नगरपालिका-७ घर भएकी रूपा मगर र काले भनिने तीर्थ परियारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, दुर्घटनामा सातजना घाइते भएका छन् । उनीहरुमध्ये कर्णबहादुर विक, तुल्सिराम पहाडी र चालक राजु खत्रीलाई थप उपचारका लागि सिन्धुली अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले जानकारी दिए ।

अन्य घाइतेको बेलघारी स्वास्थ्य चौकीमा उपचार भइरहेको र उनीहरूको पनि सिन्धुली अस्पताल ल्याउने तयारी भइरहेको लामाले बताए ।

सडकबाट तल खोल्सामा गाडी खसेको र गाडीमुनि मानिस थिचिएको उनले बताए। दुर्घटनास्थलबाट गाडी निकाल्न सकिएको छैन ।

सिन्धुलीबाढीबाट तीनपाटन गाउँपालिकाको चकमकेतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-०२६ च ०७५६ नंको सिङ्गलक्याप पिकअप बोलेरो दुर्घटना भएको हो। उकालोमा ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको अनुमान छ ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ६ : ५१ बजे

म्याग्दीमा पहिरोमा पुरिएर एकको मृत्यु, एक जना बेपत्ता

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-३ लुप्सीपारमा आज दिउँसो पहिरोमा पुरिएर

पहिरोले म्याग्दी नदी थुनियो : तटीय क्षेत्रका बस्तीहरुमा सतर्कता अपनाउन आग्रह

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका-४ बाँसबोटको भिरबाट खसेको पहिरोले आज

प्रतिनिधिसभा बैठक : रास्वपा र राप्रपाद्वारा बैठक बहिष्कार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी

रसुवागढी नाकामा दुवैतर्फबाट सम्पर्क टुट्यो

काठमाडौं । नेपाल-चीनको सिमानाको ल्हेन्दे खोलामा मङ्गलबार बिहान आएको बाढीले

त्रिविको उपकुलपतिमा प्राडा दीपक अर्याल नियुक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीबाट त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा