२६ बैशाख २०८३, शनिबार | May 9, 2026

सिन्धुलीमा प्याराग्लाइडिङ सुरु



कमलामाई । सिन्धुलीमा पहिलो पटक व्यावसायिक प्याराग्लाइडिङ सुरु भएको छ । यही साउन २२ गतेदेखि प्याराग्लाडिङ नियमित सञ्चालनमा आएको हो । वैशाख १२ गते पहिलो पटक परीक्षण उडान सफल भएको थियो ।

कमलामाई नगगरपालिका-६ लक्ष्मण चोक नजिकै रहेको प्रयास होटल प्रालिले र रु दुई करोडको लगानीमा व्यावसायिक प्याराग्लाडिङ सञ्चालनमा ल्याएको कम्पनीका सञ्चालक नेत्रजङ्ग थापाले बताए ।

कम्पनीले एकै समयमा पाँच वटासम्म प्याराग्लाइडिङ गर्ने गरी नागरिक उड्डयन प्राधिकरणसँग इजाजत पाएको छ । पाइलट दिलकुमार सुनुवार, विक्रम सुनुवार र शङ्कर थापा मगरले उडान भर्ने छन् । प्याराग्लाइडिङ गर्नका प्रतिव्यक्ति रु छ हजार पाँच सय शुल्क तोकिएको छ । जिल्लाका स्थानीयवासीलाई भने एक महिनासम्मका लागि रु एक हजार छुट गरिएको छ ।

प्याराग्लाइडिङको अवधिभरको फोटो तथा भिडियो, सिन्धुलीमाढी बजार क्षेत्रदेखि प्याराग्लाइडिङ उड्ने ठाउँसम्म र ल्यान्डिङ स्टेशनदेखि प्रयास होटलसम्मको ल्याउने र पुर्याउने सुविधासमेत यसै शुल्कअन्तर्गत रहेको कम्पनीका सञ्चालक थापाको भनाइ छ ।

प्याराग्लाइडिङ अवतरणका लागि जर्सेदमार, रातमाटा र खुलामञ्चलाई ल्यान्डिङ स्टेशन बनाइएको छ । प्याराग्लाइडिङको टेक अफ साइट समुद्री सतहबाट नौ सय ७० मिटर उचाइमा छ । प्याराग्लाइडिङ टेक अफ साइटबाट करिब एक हजार मिटर माथिसम्म उड्नेछ । यस्तै प्याराग्लाइडिङको ल्यान्डिङ स्टेशन समुद्री सतहबाट चार सय मिटरको उचाइमा छ ।

यहाँ साहसिक खेलका रूपमा लिइने प्याराग्लाडिङको मज्जा लिन आउने पर्यटकले जिल्लाको प्राकृतिक सौन्दर्य, मनोरम वातावरण, होचाअग्ला डाँडापाखा र थुम्काथुम्कीका लोभलाग्दा दृश्य देख्न सक्नेछन् । यसले सिन्धुलीको प्रचारप्रचार तथा समृद्ध जिल्ला बनाउन सहयोग पुग्ने पनि विश्वास लिइएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ५ : २९ बजे

दुई तिहाइ सरकार वा महाभियोगको डरबाट मुक्त भएर अघि बढ्न न्यायकर्मीहरूलाई कामु प्रधानन्यायाधीसको आह्वान

काठमाडौँ । कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले दुई तिहाइ

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’

काठमाडौँ । बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी

वनको दाउरा कसले लिने भन्ने विषयमा विवादपछि एक जनाको ज्यान गयो

घोराही । जिल्लाका राजपुर गाउँपालिका–४ मोतीपुरस्थित एक सामुदायिक वनमा दाउरा

रसुवा भन्सारमा सामान जाँचपास सुरु

रसुवा । अधिकतम खुद्रा मूल्य (एमआरपी) स्टिकर नलागेका कारण रोकिएको

अनलाइन प्रणालीसँगै भारतीय सवारी निगरानी कडाइ

भैरहवा । नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधन माथिको निगरानी थप