१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

उत्तेजित भएर प्रतिवाद गर्दा स्थापितमाथि प्रश्नै प्रश्न



काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरपालिकाको प्रमुख पदमा उम्मेदवार बनाएका केशव स्थापित सर्वाधिक चर्चामा छन् ।

उनी आफ्नै अभिव्यक्तिका कारण चर्चामा आएका हुन् । उनको अभिव्यक्तिलाई लिएर ४५ वटा महिला अधिकारवादी संघ संगठनले कारबाही गर्न माग गरिसकेका छन्।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सहभागी भावना राउतको प्रश्नपछि उत्तेजित हुँदै स्थापितले दिएको अभिव्यक्तिलाई ती संघ संगठनले महिलालाई होच्याउने, चरित्र हत्या गर्ने र असंवेदनशील भएको रूपमा टिप्पणी गर्दै आएका छन् ।

स्थापितले कार्यक्रममा भनेका थिए, ‘यु आर नाइस लेडी तर तपाईंको थुतुनो ठीक छैन । यो बहिनीले बेश्यावृत्ति गर्छ भनेर म पनि छपाउँ ?’

राउतले स्थापित यौन दुव्र्यहारको आरोपमा मुछिएको प्रसङ्ग जोड्दै महिला सुरक्षासँग जोडिएको प्रश्न गरेकी थिइन् ।

यस्तै, स्थापितसँग एउटै मन्च शेयर नगर्न पनि कतिपय महिला अधिकारकर्मीहरूले कांग्रेसबाट प्रमुख पदकी उम्मेदवार सिर्जना सिंह र विवेकशील साझा पार्टीकी उम्मेदवार समीक्षा बास्कोटालाई सुझाउन थालेका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  १० : ३७ बजे

संसदमा ‘सिट प्लान’ : अब एउटै बेञ्चमा कांग्रेस, एमाले र नेकपा

काठमाडौँ । संसदीय यात्रामा सत्तापक्ष त कहिले प्रमुख या प्रतिपक्ष

निर्वाचनको परिणाम ‘अनपेक्षित, अस्वाभाविक र जादुमयी’ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा बोल्दा

सकियो नवनिर्वाचित सांसदहरुको शपथ (फोटोफिचर)

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् ।

प्रतिनिधिसभा सदस्यहरुले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ

जापान जाने विद्यार्थीलाई लक्षित निःशुल्क सुशी तालिम

बुटवल । जापान जाने तयारीमा रहेका नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै