१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

पोखरा महानगरमा ५ मेयरसहित ११९ ले लिए उम्मेद्वारी फिर्ता



पोखरा । पोखरा महानगरपालिकाका ५ जना मयेर र ३ जना उपमेयरका उमेद्वारसहित ११९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । मयेरमा उमेद्वारी फिर्ता लिनेमा तीन जना दलका उमेद्वार छन् भने दुई जना स्वतन्त्र उमेद्वार छन् ।

नेपाली कांग्रेसका बागी उमेद्वारी दिएका नन्दप्रसाद तिवारी र ऋषिराम सापकोटाले उमेद्वारी फिर्ता लिएका छन् । राष्ट्रिय जनमोर्चाका तमबहादुर रोका, नेपालका लागि नेपाली पार्टीका रोशनी बानियाँ र राप्रपा नेपालका गोविन्द गुरुङले पनि उमेद्वारी फिर्ता लिएका छन् ।

त्यसैगरी उपमेयरमा मंगोल नेसनल अर्गनाइजेसनका रामबहादुर तामाङ, राप्रपा नेपालका चिना दवाडी र नेकपा माओवादी समाजाबादीका इन्द्र सुनारले उमेद्वारी फिर्ता लिएका मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराले जनाएको छ । मंगोल नेशनल अर्गनाइजेसन र नेकपा माओवादी समाजवादीका उम्मेद्वारहरु भने दुवै पदमा पुरुष भएका कारण फिर्ता लिएका हुन् ।

पोखरा महानगरका वडाध्यक्षमा उम्मेद्वारी दिएका ३० जनाले फिर्ता लिएका छन् । त्यसमध्ये २१ जना पार्टीबाट वडा अध्यक्षमा उमेद्वारी दिने छन् भने ९ जना स्वतन्त्र छन् । त्यसैगरी वडा सदस्यमा ८१ जना वडा सदस्यहरुले नाम फिर्ता लिएका छन् ।

कतिपय उम्मेदवार आफैले उमेद्वारी फिर्ता लिएका छन् भने केहीलाई पार्टीले फिर्ता गराएको छ । पोखरा महानगरपालिकाको मयेर पदका लागि २३ जनाले प्रतिस्पर्धा गर्नेछन् भने उपमेयरका लागि ८ जनाले प्रतिस्पर्धा गर्नेछन् । अधिकांश उम्मेद्वारको उम्मेद्वारी पार्टीले फिर्ता लिएको बताईएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  १२ : ३२ बजे

प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन : ‘अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ’

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा

रवि लामिछाने र मधेश केन्द्रित दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा

मधेस केन्द्रित चार दलको अपिल : ‘घटनाको निष्पक्ष छानबिन होस्, समाजमा सद्भाव कायम राखौँ’

काठमाडौं । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति गम्भीर

सद्भाव कायम राख्न बुटवलका १२ राजनीतिक दलको संयुक्त अपिल, दोषीमाथि कारबाहीको माग

बुटवल । सुनसरीलगायत देशका विभिन्न स्थानमा हालै घटेका हिंसात्मक घटनाप्रति

वर्ल्डलिंकद्वारा ११ लाख एफटिटिएच ग्राहकको ऐतिहासिक उपलब्धि

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा डिजिटल सेवा प्रदायक वर्ल्डलिंक