२० मंसिर २०८२, शनिबार | December 6, 2025

१५ स्थानीय तहको प्रमुखमा उम्मेदवारी नदिए पनि एमाले सबैभन्दा बढी उम्मेदवार खडा गर्ने पार्टी



काठमाडौं । आगामी ३० वैशाखका लागि तय भएको स्थानीय तह निर्वाचनमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सबैभन्दा बढी उम्मेदवार खडा गरेको छ ।

सात सय ५३ वटै स्थानीय तहका लागि केपी शर्मा ओली नेतृत्वको एमालेले ३ हजार ५ सय २३ उम्मेदवार खडा गरेर धेरै उम्मेदवार खडा गर्ने दलको रुपमा रेकर्ड पनि कायम गरेको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार १८ हजार ५ सय ४३ जना पुरुष मात्रै उम्मेदवार रहेका छन् भने १२ हजार ८ सय ८२ जना महिलालाई एमालेले उम्मेदवार बनाएको छ ।

देशका सात सय ५३ मध्ये १५ वटा मात्रै नगरप्रमुख र गाउँपालिका अध्यक्षमा उम्मेदवारी दर्ता नगराएको एमालेले ७ सय ३८ जनालाई नगरप्रमुख र गाउँपालिका अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएको आयोगको रेकर्डमा उल्लेख छ ।

जसअनुसार २६ जना पुरुषलाई नगर उपप्रमुख बनाएको एमालेले २ सय ६० जना महिलालाई नगरप्रमुखको दावेदारको रुपमा प्रस्तुत गरेको छ । ३५ जना पुरुषलाई गाउँपालिका उपाध्यक्षमा खडा गरेको र चार सय १० जनालाई उपाध्यक्षको रुपमा मैदानमा उतारेका छ ।

६ हजार ५ सय २३ जना मध्ये ६ हजार ४ सय ५ वडा अध्यक्षमा पुरुषलाई उठाएको एमालेले सोही पदमा जम्मा १ सय १८ जनालाई महिला मात्रै वडा अध्यक्षको रुपमा सिमित पारेको छ ।

६ हजार ४ सय ११ जना महिला, ६ हजार २ सय ९ जना दलित महिला वडा सदस्य उठाएको एमालेले १२ हजार ३ सय ५० जना पुरुष, ५ सय ४१ जना महिलालाई उम्मेदवार बनाएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  १ : ५६ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय