२० मंसिर २०८२, शनिबार | December 6, 2025

मलेसियामा कार्यरत नेपालीको पारिश्रमिक बढाउन प्रस्ताव



काठमाडौं । नेपालले मलेसियामा कार्यरत नेपाली श्रमिकको न्यूनतम् परिश्रमिक वृद्धि गर्न प्रस्ताव गरेको छ ।

मलेसिया भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले त्यहाँका गृहमन्त्री हमजाह वीन जैनुदिनसँगको भेटका क्रममा मलेसियामा कार्यरत नेपाली सुरक्षा गार्डसहितको अन्य श्रमिकको पारिश्रमिक, सेवा तथा सुविधा वृद्धि गर्न प्रस्ताव गरेका हुन ।

भेटमा मन्त्री श्रेष्ठले नेपाली सुरक्षा गार्डको मासिक पारिश्रमिक तीन हजार रिङ्गेट पु¥याउन प्रस्ताव गरेका थिए । सो क्रममा उनहरुबीच नेपालमा सुरक्षा गार्डसम्बन्धी तालिमको व्यवस्था गरी नेपाली युवालाई सीपयुक्त बनाई थप रोजगारीका अवसर प्रदान गर्ने, शून्य लागतको सिद्धान्तलाई प्रभावकारी बनाउने, स्वास्थ्य, सामाजिक सुरक्षा, चौबिस घण्टे बीमा सुविधाको व्यवस्थाबारे छलफल भएको श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिए ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  २ : ३४ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय