२ चैत्र २०८२, सोमबार | March 16, 2026

बाढीले बगाएर बालिकाको मृत्यु



अर्घाखाँची । शुक्रबार साँझको करिव ५ बजेको थियो । भेटघाटमा आएकी ८ वर्षिया बहिनीलाई माइती गाउँसम्म पठाउन भूमिकास्थान नगरपालिका वडा नं १ आमडाँडा निवासी दिदी दुर्गा घर्ती बहिनी शिवानीलाई लिएर घरबाट निस्किईन ।

घरबाट निस्किएपछि सिमसिम पानीमा दिदी र बहिनी सँगै हिँडेका थिए । घर नजिकैको बेसारेखोला खोल्सी तर्ने क्रममा एक्कासी माथिबाट बाढी आयो । लेदो माटोसहितको बाढीले दिदीबहिनीलाई एक्कासी बगायो । हात समातेर हिडिरहेका दिदीबहिनीलाई खोलाले बगाएपछि दिदी केही तल बाँसको हाँगो समाएर फुत्किन सकिन । तर, ८ वर्षिया बहिनी शिवानीलाई दुर्गाले बचाउन सकिनन् ।

रात परिसकेका कारण दुर्गा घर फर्किइनन् । तत्कालै प्रहरी चौकी ढाकावाङ्गमा खबर गरियो । प्रहरीको टोलीले राति करीब १२ बजेसम्म खोज्दा पनि फेला नपरेपछि प्रहरी पनि रित्तो हात फर्कियो । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको टोलीसहित स्थानीयवासीहरु शनिबार बिहान हिलोमा गडेको अवस्थामा बालिकाको शव फेला पार्यो ।
बालिकाको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल प्यूठानमा पठाएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  २ : ५३ बजे

बागमती प्रदेश सरकारको आठ महिनाको खर्च १७ दशमलव १२ प्रतिशत

बागमती । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को

नवलपरासी कारागारका १८० कैदी अझै फरार

नवलपरासी । ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी

म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र

म्याग्दी । म्याग्दीको बेनी–दरबाङ सडक आयोजनाअन्तर्गत तेस्रो (रणवाङ–दरवाङ) खण्ड अलपत्र

सीके राउतद्वारा संसदीय राजनीतिबाट सन्यास घोषणा

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय राजनीतिबाट सन्यास

सुनको मूल्य सामान्य बढ्यो, चाँदीमा पनि हल्का वृद्धि

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य वृद्धि भएको