१६ माघ २०८२, शुक्रबार | January 30, 2026

कैलालीका कुनै पनि उम्मेदवारले बुझाएनन् निर्वाचनमा प्रयोग गर्ने सवारी विवरण



धनगढी । आगामी स्थानीय तह निर्वाचनमा कैलालीका उम्मेदवारहररूले प्रयोग गर्ने सवारी साधानको विवरण निर्वाचन अधिकृतको कार्यालयमा अझैसम्म बुझाएका छैनन् । उम्मेदवारले घरदैलो तथा प्रचारका लागि प्रयोग हुने सवारी साधनको विवरण सम्बन्धित पालिकाकास्थित निर्वाचन अधिकृतको कार्यालयमा बुझाउनु पर्ने कानूनी व्यवस्था छ । तर, कैलालीमा भने शनिबारसम्म त्यस्ता सवारीको विवरण बुझाउने उम्मेदवार शून्य छन् ।

कैलालीका मुख्य निर्नचन अधिकृत जयानन्द पनेरुका अनुसार उम्मेदवारी मनोनयनकै क्रममा उम्मेदवारले आफूले प्रयोग गर्ने सवारीको विवरण बुझाउनु पर्छ । ‘एउटा उम्मेदवारले दुई वटासम्म सवारीसाधन चुनावी प्रचारप्रसार प्रयोजना लागि प्रयोग गर्न पाउने व्यवस्था छ,’ मुख्य निर्वाचन अधिकृत पनेरुले भने, ‘तर कैलालीमा एक जना उम्मेदवारले पनि त्यस्तो विवरण बुझाएका छैनन्, यसले अनुगमन तथा सुरक्षा कार्यलाई समेत प्रभावित पर्नेछ ।’

सवारी साधनको विरवण नबुझाएर उम्मेदवारहरूले आचारसंहिता विपरित काम गरेको अनौपचारिक सेवा केन्द्र सन्सेकका सुदूरपश्चिम संयोजक खडकराज जोशी बताउँछन् । ‘उम्मेदवारले आफूले प्रयोग गर्ने सवारीको विवरण बुझाउँदा सुरक्षा निकायलाई पनि त्यसैअनुसार सुरक्षा व्यवस्था गर्न सजिलो हुन सक्छ,’ संयोजक जोशीले भने, ‘त्यसैले सबै उम्मेदवारले इमान्दार भएर आफूले प्रयोग गर्ने सवारीको विवरण बुझाउनु पर्छ ।’ एउटा उम्मेदवारलाई दुई वटासम्म सवारीसाधन चुनावी प्रचारप्रसारका लागि प्रयोग गर्न पाइने व्यवस्था भए पनि यहाँका उम्मेदवारले भने त्योभन्दा धेरै सवारी प्रयोग गर्ने गरेको उनी बताउँछन् । तर, त्यसको अनुगमन नभएको संयोजक जोशीको आरोप छ ।

‘मतदातालाई प्रभावित पार्नेगरी ठुलो भीड देखाउन एउटै उम्मेदवारले दर्जनौं सवारीसाधन प्रयोग गरी चुनावलाई भड्किलो बनाइरहेका छन्,’ जोशीले भने, ‘यसले चुनावी खर्च पनि उच्च बनाइ रहेको छ, यसको सम्बन्धित पक्षबाट अनुगमन हुनु जरुरी छ ।’ उनले कैलालीमा अनुगमन गर्ने निकाय मौन बस्दा उम्मेदवारको मनोमानी बढेको बताए ।

जिल्ला निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले भने कर्मचारी अभावका कारण अनुगमन कमजोर भएको बताए । ‘हामीसँग कर्मचारी अभाव हुँदा उम्मेदवारको विवरण तयार पार्न पनि समस्या भइरहेको छ,’ कार्यालय प्रमुख भट्टले भने, ‘थप कर्मचारी माग गर्दा पाएका छैनौँ, कर्मचारी नपाउँदा अनुमगन प्रभावित बनेको छ ।’ कैलालीका सबै राजनीतिक दलले निर्वाचन आचारसंहिताको पालना गर्ने प्रतिबद्धता जनाएको बताउँदै उनले सबै राजनीतिक दलका प्रमुखलाई त्यस विषयमा पुनः झकझक्याइने उनले बताए ।

 

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ४ : ०१ बजे

मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस पल्टिँदा ३८ जना घाइते

काठमाडौं । चितवनको मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस दुर्घटना हुँदा ३८

काठमाडौं-तराई/मधेस द्रूतमार्ग निर्माणको प्रगति ४५ प्रतिशत

मकवानपुर । देशको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकताप्राप्त काठमाडौं-तराई/मधेस द्रूतमार्ग

हिमपातपछि कोरला नाकाबाट निकासी तथा पैठारी प्रभावित

मुस्ताङ । मङ्गलबारको भारी हिमपातपछि माथिल्लो मुस्ताङस्थित नेपाल-चीन उत्तरी कोरलानाकाबाट

अन्यत्र निख्रिएपछि सुन्तला टिप्न थालेका बाँसखर्कका किसानले दोब्बर मूल्य पारे

म्याग्दी । अन्यत्रको निख्रिएपछि सुन्तला टिप्न थालेका पर्वतको जलजला गाउँपालिका-१

सम्भावित डुबान र कटान जोखिम कम गर्न बक्स कल्भर्ट निर्माण गर्दै काठमाडौं महानगरपालिका

काठमाडौं । काठमाडौं महानगरपालिकाले बर्खाको समयमा हुने सम्भावित डुबान र