७ पुस २०८२, सोमबार | December 22, 2025

बुटवल गठबन्धनका मेयर उम्मेदवार पाण्डेको प्रतिवद्धता : जुन अवस्थामा नगरपालिका छिर्छु, त्यही अवस्थामा निस्कनेछु



बुटवल । सत्ता गठबन्धनको तर्फबाट बुटवल उपमहानगरपालिकामा मेयर पदका उम्मेदवार खेलराज पाण्डेले मेयर पदमा निर्वाचित भएमा अहिले जुन अवस्था छ, अवधि सकिएर बाहिरिदा पनि त्यही अवस्थामा निस्किने प्रतिवद्धता व्यक्त गरेका छन् ।

बुटवल उपमहानगरपालिका वडा नं. ३ मा गठबन्धनको संयुक्त कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै उम्मेद्वार पाण्डेले अहिले पनि आफ्नो घर नभएको र मेयर भएपछि पनि आफू घरघडेरी जोड्ने भन्दा पनि जनताको सेवामा खटिने बताए । ‘मेरो अहिले पनि बुटवलमा घर छैन ।’ उनले भने –‘यदि मेयर भएँ भने त्यसतिबेला पनि घरघडेरी जोड्ने छैन र अवधि सकिएपछि अहिलेकै अवस्थामा त्यहाँबाट निस्कनेछु ।’

उनले यस अगाडि एमालेले सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिन्छौ भनेर भुक्याएर चुनाव जितेपनि उनीहरुका समस्या जस्ताको त्यस्तै रहेको बताए । उनले अब आफूले चुनाव जितेमा बुटवलका २१ हजार घरपरिवारलाई लालपुर्जा वितरणको प्रवन्ध मिलाउने बताए ।

कार्यक्रममा बोल्दै गठबन्धनबाट उपमेयरका उम्मेदवार चिनबहादुर गुरुङले अघिल्लो स्थानीय तहको निर्वाचनमा एमालेले सुखी नगर, खुसी नगरबासी नारा लिएको भएपनि एमालेको नेतृत्वमा अहिले त्यसको ठिक उल्टो भएको दावी गर्नुभयो । एमालेले जनतालाई झुक्याउने र पार्टीका सिमित नेताहरु अनुकुल काम गरिरहेकाले मतदाताले त्यसको हिसाव किताव खोजिरहेको बताए । प्रतिगमनको विरुद्धमा लोकतन्त्र र संविधानको रक्षाका लागि ५ दलीय गठबन्धन भएको बताउँदै उनले यो गठबन्धनलाई देशी विदेशी कुनैपनि शक्तिले भत्काउन नसक्ने जिकिर गरे ।

नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा सहितको सत्ता गठबन्धनबाट बुटवलको मेयरमा काँग्रेस नेता खेलराज पाण्डे, उपमेयरमा नेकपा एकिकृत समाजवादीका चिनबहादुर गुरुङ सहित वडा नं. ३ मा अध्यक्षमा विष्णु ढकाल तथा सदस्यहरुमा शिला पौडेल, शान्ति विक, अमृत खड्का र हरिनारायण मिश्रको उम्मेदवारी रहेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ९ : ०६ बजे

राँझा विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थल बनाउन माग

नेपालगन्ज । नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलका रुपमा

माछापुच्छ्रे बैंकद्वारा अपाङ्ग आश्रमलाई बेड बिस्तारा र ब्ल्याङ्गकेट सहयोग

बुटवल । माछापुच्छ्रे बैंक लिमिटेड बुटवल शाखाले चिसो मौसमलाई मध्यनजर

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट

चर्चित नेता प्रल्हाद गिरिसहित विभिन्न जिल्लाबाट एमाले नेता तथा निर्वाचित जनप्रतिनिधि नेकपा प्रवेश

काठमाडौं । विभिन्न जिल्लाबाट नेकपा ९एमाले० परित्याग गरी चार दर्जनभन्दा

नेप्से परिसूचकमा १३ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ८८