१८ भदौ २०८३, बिहिबार | September 3, 2026

मतान्तरको दुरी बढाउँदै बुटवलमा गठबन्धनका उम्मेदवार पाण्डेको अग्रता जारी



बुटवल । बुटवल उप महानगरपालिकाको मतगणनाको पछिल्लो परिणाममा गठबन्धनबाट मेयर पदमा कांग्रेस उम्मेदवार खेलराज पाण्डेले आफ्नो अग्रताको रफ्तार बढाउँदै गएका छन् । सुरुवाती परिणामबाटै अग्रता लिएका पाण्डेले लगातार प्रतिद्वन्दीसँगको मतान्तर बढाउँदै पनि लगेका छन् ।

पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसका पाण्डेले १ हजार ७८ मत प्राप्त गर्दा नेकपा एमालेका बावुराम भटराईले ५ सय ४२ मत पाएका छन्। बुटवलको वडा नं १ को मत गद्यासम्म दोस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका मृगेन्द्र कुमार शेरचन वार्ड नम्बर २ को मतपरिणाम आउँदै गर्दा तेस्रो स्थानमा झरेका छन् । उनले ४१९ मत प्राप्त गरेका छन्।

उता बुटवल उपमहानगरको १ मा अग्रता लिएकी राप्रपाकी भगवती पाण्डे भने वार्ड नमबर २ र १९ को मत गन्दै जाँदा पछाडी पर्दै गएकी छन् । उप प्रमुखमा अग्रता लिई रहेकी राष्ट्रिय प्रजातन्त्र पार्टीकी पाण्डेलाई उछिन्दै एमालेकी साबित्रा अर्याल अग्रस्थानमा पुगेकी छन् । अर्यालले ६ सय ३२ मत ल्याएर अग्रस्थानमा पुगेकी हुन् ।

वडा नं १ को मतपरिणाममा तेश्रो स्थानमा रहेका गठबन्धनका उम्मेदवार चिन बहादुर गुरुङ वडा नं १९ को मत गणनामा पाण्डेलाई उछिनेर दोस्रो स्थानमा उक्लिएका छन् । गुरुङले ५७५ मत प्राप्त गरेका छन् भने पाण्डेले ४६७ मत मात्र प्राप्त गरेकी छन्।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ८ : १३ बजे

सुरुङभित्रको उद्दारबारे प्रधानमन्त्रीले गरे कुलमानसँग छलफल

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले

भोटेकोशी बाढी : एक हजार २५२ शव फेला, चार हजार ८७५ जना सम्पर्कविहिन

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी ज्यान गुमाएका एक हजार

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को आज बैठक बस्दैछ । प्रधानमन्त्री

‘आमा, धन्न बाँचेर आएँ…’

काठमाडौँ । ‘आमा, म बाँचेर आएँ । तपाईं किन रुनुभएको

कृष्णभीरमा पहिरो पन्छाउन रूख कटान सुरु

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा भासिएको सडक मर्मत तथा