१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

बुटवलमा एमालेको किल्ला भत्काउने को हुन् खेलराज पाण्डे ?



बुटवल । पश्चिम नेपालको प्रवेशद्वारकारुपमा रहेको बुटवल उपमहानगरको बागडोर अव नव निर्वाचित नगर प्रमुख खेलराज पाण्डेको हातमा पुगेको छ । २५ वर्षको एमाले किल्ला भत्काउँदै बुटवलमा बलियो वडाका संख्याहरु सहित पाण्डे नगरप्रमुखको कुसी सम्हाल्न पुगेका छन् ।

देशमै आफ्नो आधार ईलाका थान्ने एमालेको किल्ला भत्काउन सक्षम बनेको पाण्डे २०२६ साल फागुन ५ गते बुवा लिलाबल्लभ पाण्डे र आमा तारादेवी पाण्डेको कोखबाट स्याङ्जाको साविक आलमदेवी २ (हाल कालिगण्डकी २) मा जन्मिएका हुन् । बाल्यकालमै बाबु आमाको औँला समातेर बुटवल झरेका पाण्डे हाल बुटवल उपमहानगरपालिका वडा नं ६ का बासिन्दा र वडा नम्बर ८ का मतदाता हुन्।

१३ वर्षको उमेरमा २०३८ सालमा बुटवलमा झरेका पाण्डेको राजनीतिक जीवन बुटवलबाटै सुरू भएको थियो । विद्यार्थी संगठनमा आवद्ध भई स्याङ्जाबाटै राजनीति प्रति चासो देखाएका पाण्डेको सक्रिय राजनीतिक यात्रा बुटवलबाटै सुरू भएको थियो ।

आदर्श माध्यमिक विद्यालय स्याङ्जाबाट २०३९ सालमा नेपाल विद्यार्थी संघको सदस्यता लिएका पाण्डे २०४० सालमा पाल्पाको जेभिटी स्कुलमा पढ्दा नेविसंघकै समितिमा आबद्ध भए।

त्यसपछि २०४३ सालमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत पाल्पा क्याम्पसमा विज्ञान संकायको इकाइ सदस्य, २०४४ सालमा अमृत साइन्स क्याम्पसमा नेविसंघको सचिव, २०४७ सालमा बुटवल बहुमुखी क्याम्पसको नेविसंघ उपसभापति र २०५२ सालमा रूपन्देहीको नेविसंघ सचिव को जिम्मेवारी सम्हाले।

विद्यार्थी राजनीतिपछि तरूण दलमा आबद्ध भएका पाण्डे २०५९ सालमा नेपाल तरूण दल रूपन्देहीको अध्यक्ष, २०६० सालमा नेपाल तरूण दल केन्द्रीय सदस्य भए भने २०६७ सालमा नेपाली कांग्रेस बुटवल नगर सभापति भए।

पार्टी भित्र रामचन्द्र पौडेल निकट मानिए पनि पाण्डेले देउवालाई पनि खुसी राख्न सफल देखिन्छन् । देशैभर टिकट बांड्ने क्रममा देउवाले एकलौटी गरेको आरोप लागेपनि स्थानीय कांग्रेसको विरोधका बाबजुद पाण्डेले देउवाबाट टिक निकाल्न सफल भएका थिए । पाण्डेलाई टिकट दिइएको भन्दै बुटवलका पुराना कांग्रेस हरि लम्साल लगायत केही नेताहरुले आपत्ति जनाएपनि देउवाको आशिर्वाद थाप्न पाण्डे सफल भए । पाण्डे आलोचक कांग्रेसहरु पाण्डेले शेखर कोईरालाको सल्लाहमा काम गर्दै आएको पनि बताउछन्।

२०६७, २०७२ र २०७८ सालमा भएका अधिवेशनबाट पाण्डे निरन्तर नेपाली कांग्रेस बुटवल नगर समितिको सभापति रहेर पार्टी र सामाजिक काममा क्रियाशील छन्।

श्रीमती सीता भट्टराई पाण्डे र छोरा अभिषेक पाण्डेका साथ बुटवलमा बसोबास गर्दै आएका पाण्डेले स्नातक तहसम्मको अध्ययन गरेका छन्।

बिहानैदेखि साँझ अबेरसम्म पार्टी र सामाजिक काममा व्यस्त रहने पाण्डे बुटवलका हरेक वडा र तल्लो टोल कमिटीसम्म परिचित छन्। बुटवलमा सामान्य चिनजान भएका हरेक नागरिकको घर, पाण्डे मर्दा मलामी पनि पुग्छन् र बोलाए जन्ती पनि पुग्छन् । यहि घुलमिलको सैलिले खेलराजलाई बुटवल उपमहानगरको नगर प्रमुख बनाएको हो भन्दा फरक पर्दैन ।

पाण्डे उम्मेदवार भएपछि एउटै कुरा गरिरहेका छन् – ‘पूर्व मेयरहरुलाई सम्मनीत स्थान दिएर सबै अग्रजको सल्लाबाट मात्र नयाँ कदम चाल्छु । सबै दललाई समान व्यवहार हुन्छ र सबैको सुनुवाई हुन्छ ।’ पाण्डेको अर्को एजेण्डा सुकुम्बासी समस्या, बुटवलको सडक, नागरिकको कर घटाउने पनि मुख्य हुन् ।

नवनिर्वाचित बुटवल उपमहानगर पिता पाण्डेले प्रतिबद्धता अनुसारको काम कति गर्लान् त्यो हेर्न बाँकी नै छ । तर प्रतिबद्धता पुरा गर्न पाण्डे गलत तत्वहरुको घेराबन्दीबाट मुक्त भने हुनै पर्दछ ।

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार  ५ : ४७ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम