७ आश्विन २०८३, बुधबार | September 23, 2026

२५ वर्षपछि बुटवलमा एमालेको किल्ला तोडियो, मेयरमा कांग्रेसका खेलराज पाण्डे निर्वाचित (फोटो फिचर)



बुटवल । बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेयले जित हासिल गरेका छन् ।

२५ बर्षसम्म एमालेको किल्ला रहेको बुटवल उपमहानगरपालिकामा गठवन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार खेलराज पाण्डेयले जित हासिल गरेका हुन् ।

पाण्डेले यसपटक एमालेका बाबुराम भट्टराईलाई सात हजार ५३३ मतान्तरले पराजित गरेका हुन् । पाण्डेयले ३० हजार १३० मत पाएर निर्वाचित हुँदा एमालेका भट्टराईले २२ हजार ५९७ मत पाएका छन् ।

मेयरपदमा विजय हासिल गरेसँगै बुटवलमा कांग्रेसको विजय ¥याली निस्केको छ । जित निश्चित भएसँगै पाण्डेले आयोगबाट औपचारी घोषणा नसुनाउँदै ¥यालीमा निस्केका छन् । बुटवल उपमहानगरबाट सुरु भएको ¥याली अमरपथ, बिपीचोक, राममन्दिरलाईन हुँदै फुनः नगरपालिका तर्फ लागेको छ ।

२५ वर्षको एमाले विरासत भत्काएको खुसीमा सयौं कांग्रेस कार्यहर्ताहरु सडकमा ओर्लिएका छन् । ¥यालीकैबीचमा बुटवलको बिपी चोकस्थित बिपी कोईरालाको सालिकमा नव निर्वाचित मेयर पाण्डेले माल्यार्पण पनि गरे ।

¥यालीमा निस्केका पाण्डे सवार गाडीमा कांग्रेस र गठबन्धन समर्थकहरुले घरको बार्दली र झ्यालबाट फुल बर्साएका थिए ।

उपमेयरमा भने नेकपा एमालेकी सावित्रा अर्याल निर्वाचित भएकी छन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार  ४ : ४१ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई