१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

सस्तो लोकप्रियता र चुनावी फन्डाका प्रतिबद्धता मैले गरेको छैन् : एमाले तिलोत्तमा ३ वडा अध्यक्ष उम्मेदवार घनश्याम पौडेल



रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ३ बाट ३० बैशाखमा हुन लागेको स्थानिय तहको निर्वाचनमा एमालेबाट घनश्याम पौडेल (रामु) वडा अध्यक्षको उम्मेदवार छन् । सामाजिक कार्य संगै सफल व्यवसायको छवि बनाएका कर्मठ पौडेल विद्यार्थी कालदेखि राजनितीमा सक्रिय छन् । ईमान्दार, समाजसेवी, लगनसिल रहेको पौडेल ०७४ सालको निर्वाचनमा वडा नं. ३ बाट अत्याधिक मत सहित वडा सदस्यमा निर्वाचित भएका थिए । उनै पौडेलसंग चुनावी प्रतिबद्धता बारे गरिएको छोटो कुराकानीको सम्पादित अंश–

निर्वाचनको मिती नजिक आईसकेको छ । तयारी कस्तो भइरहेको छ ?

समय कम भएका कारण अहिले अलि बढि मेहनतका साथ प्रचार प्रसारको काम भएको छ । घरदैलो कार्यक्रम हामीले जारी राखेका छौ । सिमानगर, सुनौलो नगर, पशुपती नगर, कैशालनगर टोलमा घरदैलो कार्यक्रम भइरहेको छ । अझै ८ वटा टोल विकास संस्थामा ३ दिनमा घरदैलो सक्ने गरी हामी चुनावी प्रचारमा छौ ।

तपाई वडा सदस्य समेत भएर ५ बर्ष काम गर्नुभयो । वडा नं. ३ का खास समस्या के रहेछन् ?

हामी जनप्रतिनिधी भए पछि कोभिड सुरु भयो । त्यस कारण अहिले केही सडक, नालीका कामहरु निर्माणकै क्रममा छन् । कतिपय निर्माण हुन पनि बाँकी छन् । पहिलो बर्ष वडामा भएका कामबाटै हामी पुरस्कृत समेत भयौ । तर कोभिडले गर्दा सोचे जसरी काम हुन सकेन । अहिले घरदैलोमा जाँदा खोप लगाउन नपाएको गुनासा पनि आएका छन् । भुगोल नमिल्दा केही समस्या आएका छन् । पशुपतीनगर, कैलाशनगरमा अझै त्यहाँ काम गर्न बाँकी छ ।

निर्वाचनमा विजयी हुनेमा कत्तिको ढुक्क हुनुहुन्छ ?

दुई मत छैन् । ०७४ सालको निर्वाचनमा खुल्ला सदस्य जितेर जनताको सेवक बनेको हो । ५ बर्ष यहाँ वडामा भएको विकास मतदाताले देख्नुभएको छ । त्यसैले जित हासिल हुनेमा ढुक्क छु । ५ हजार ६ सय मतदाता रहेको यस वडामा ३ हजार बढि मत ल्याएर विजयी हुन्छु । म ढुक्क छु ।

तपाईको चुनावी प्रतिबद्धता के हुन ?

प्रतिबद्धता भनेको वडाको सन्तुलित विकास संगै मानविय विकासलाई प्राथमिकतामा राख्नेछु । जनताको खुसी, सुरक्षा, सुसाशन तथा सामाजिक सुरक्षा मेरा चुनावी प्रतिबद्धता हुन । त्यस बाहेक सडक स्तोरन्नती र विस्तार, नदी कटान नियन्त्रण, तटबन्धन निर्माण, धार्मिक, सांस्कृतिक तथा पर्यटकिय विकास, जेष्ठ नागरिकका लागि खुसी कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गर्दछु । त्यस्तै स्वच्छ खानेपानी, सफा वस्ती, विद्यालयहरुको शैक्षिक गुणस्तर बृद्धि, पुर्वधार निर्माण, समाज कल्याण तथा स्वरोजगार, कृषि उद्यमको योजना पनि मैले निर्वाचनमा विजयी भएपछि कार्यान्वयन गर्नेछु । त्यस्तै सिमानगर फुटवल मैदानको स्तर उन्नती, उज्यालो वडा, सुकुमबासी बसोबासलाई व्यवस्थित बनाउनेछु । घर घरमा बृत्त भत्ता पुराउने, जेष्ठ नागरिकलाई सहजता प्रदान गर्न साहारा लठ्ठी अभियान चलाउने समेत मैले प्रतिबद्धता व्यक्त गर्दछु । मैले मतदातालाई भन्न चाहन्छु, मैले झुटा आश्वासन बाडेको छैन् । गर्न सक्ने काम मात्र भनेको छु । सस्तो लोकप्रियता र चुनावी फन्डाका प्रतिबद्धता मैले गरेको छैन् ।

अलिकति तपाईको राजनितिक पृष्ठभुमि बताईदिनुस न ?

२०५४ सालको निर्वाचनमा आमा शुभ कुमारी शर्मा वडा सदस्यको उम्मेदवार हुँदा म प्रचारमा हिडे । अध्यायनकै क्रममा बाणिज्य क्यामपसमा ०५७ सालमा कमिटिमा रहेर काम गरे । ०६१ सालमा पार्टीको सदस्यता लिएपछि ०६४ मा डिङनगरमा युवाको मोर्चा समाले । ०७४ सालमा वडा सदस्यमा विजयी हुँदै जनप्रनिधी बने । हाल म पार्टीको तिलोत्तमा नगर कमिटि सदस्य समेत रहेको छु ।

अन्त्यमा मतदातालाई के भन्न चाहनुहुन्छ ?

५ बर्ष जनप्रतिनधी बनेर सेवक बन्ने उम्मेदवार म हुँ । अहिलेको गलत निर्णय नगरी मलाई मत दिनुहोस । तपाईको सेव कबनेर पाँच बर्ष सम्म काम गर्नेछु । पार्टी नहेरी मत दिन सवैलाई आग्रह गर्दछु

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ५ : ११ बजे

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

खोटाङ । खोटाङमा सामुदायिक वनमा लागेको डढेलो निभाउनेक्रममा जलेर एक

प्राइम बैंक तथा सुनगाभा रिसोर्ट र लुम्बिनी आई केयरबीच छुट सम्झौता

भैरहवा । प्राइम कमर्सियल बैंक लिमिटेड र रुपन्देहीको तिलोत्तमा नगरपालिका-७

आजको मौसम : पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

सूर्य नेपाल काठमाडौं ओपन – दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,