४ पुस २०८२, शुक्रबार | December 19, 2025

बुटवल रक्सको लाइभ म्यूजिक कन्सर्ट सम्पन्न



बुटवल । बुटवल रक्सको लाइभ म्यूजिक कन्सर्ट सम्पन्न भएको छ । कार्यक्रम बुटवल सेरोफेरोमा रहेका संगीतिक व्याण्डहरुको साझा समूह ‘बुटवल रक्स’को आयोजनामा बुटवलको द कन्सेप्टमा भएको हो ।

कोभिड महामारीपछि पुनःसक्रियताका साथ अगाडि बढेको सांगीतिक समूहले लाइभ म्यूजिक कन्सर्टमा २ दर्जन बढी गीत प्रस्तुत गरेको बुटवल रक्सका अध्यक्ष तथा चर्चित गायक बसन्त श्रेष्ठले बताए ।

कार्यक्रममा रक्जिन ,अमाध्यम, द नेमेसिस, नाद व्याण्ड सिन्थेसिस नेपाल र द नेचर व्याण्डको प्रस्तुती थियो । समूहमा बुटवल, भैरहवा,सैनामैना ,पाल्पा लगाएतका क्षेत्रहरुबाट १५० भन्दा बढी सदस्य रहेका छन् । लाइभ म्यूजिक कन्सर्टमा एउटा व्याण्डले ३देखि ५ वटा गीत प्रस्तुत गरेको गायक श्रेष्ठले बताए ।

कार्यक्रममा अजय कार्की र जिना गुरुङसँग कोलाबोरेसनमा प्रस्तुती दिएका थिए । सो अवसरमा केहि महिनाअघि सार्वजनिक भएको नेपाली चलचित्र जगतका महानायक राजेश हमाल अभिनित अजय कार्कीको ‘हामी देश बचाऊँ‘’ भन्ने गीत पनि प्रस्तुत गरेका थिए । समूहले हरेक वर्ष सामूहिक लाइभ म्यूजिक कार्यक्रम गर्दै आएको छ । शनिबार सम्पन्न कन्सर्ट चौथौं संस्करणको कार्यक्रम हो ।

‘पहिलेको वर्षमा हरेक पटक–फरक फरक ब्याण्डहरुको दमदार प्रस्तुति भएसँगै यस पटकको कार्यक्रम परिस्कृत र उत्साहजनक रुपमा सम्पन्न भएको छ ।’ अध्यक्ष श्रेष्ठले भने । स्थानीय ६ व्याण्डका दर्जनौं कलाकारको प्रस्तुती एकैदिन एकैठाउँ भएको उक्त कन्सर्टमा २ सय ५० जना भन्दा बढीले सहभागिता जनाएको द कन्सेप्टका प्रबन्ध निर्देशक अतित थापाले जनाए ।

कार्यक्रममा विभिन्न व्याण्ड तथा कलाकारहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमले स्थानीय व्याण्डहरुको पहिचानसँगै एकता कायम गर्दै अगाडि बढ्न प्रेरित गरेको बुटवल रक्सका अध्यक्ष बसन्त श्रेष्ठले बताए ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ७ : २२ बजे

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौं । नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि

महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशन सम्पन्न भएपछि पहिलो

मौसम प्रतिकुल हुँदा आन्तरिक उडान प्रभावित, आधा दर्जन विमानस्थल खुल्न सकेनन्

काठमाडौं । प्रतिकूल मौसमका कारण देशका आधा दर्जन विमानस्थल दिउँसोसम्म