१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

सगरमाथा आरोहण गर्दै विभिन्न देशका ३१६ आरोही



काठमाडौं । यस वर्षको वसन्त याममा सगरमाथा हिमाल आरोहणका लागि ३९ आरोही समूहका ३१६ जनाले अनुमति लिएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागका अनुसार सगरमाथासहित २५ हिमाल तथा चुली आरोहणका लागि १११ आरोही समूहका १९५ महिला र ७०४ पुरुषसहित कूल ८९९ आरोहीले अनुमति पाएका छन् ।

मार्च अन्तिमसम्मको एक्सिपीडिसन पर्मिटमा सबैभन्दा धेरै सगरमाथा आरोहण गर्न ३८ आरोही समूहका ३०२ आरोहीले अनुमति लिएको विभागको पर्वतारोहण शाखाले जनाएको छ ।

त्यस्तै, अमादब्लम आरोहणका लागि नौ समूहका ९७ जनाले अनुमति पाएका छन् । कञ्चनजङ्घा आरोहणका लागि सात समूहले अनुमति लिएको छ ।

अन्नपूर्ण चार र नुप्से आरोहणका लागि सात समूहले अनुमति पाएको छ । मकालुमा चार, धौलागिरिका लागि दुई र ल्होत्सेका लागि एक आरोही समूहले अनुमति लिएका छन् ।

त्यसैगरी नुप्से आरोहणका लागि सात, हिमलुङ्ग चुली र थापा पिकका लागि चाररचार समूहले आरोहण अनुमति लिएर गन्तव्यतर्फ प्रस्थान गरेका छन् । ती हिमाल तथा पिक आरोहणबाट हालसम्म ४६ करोड ७५ लाख रोयल्टी जम्मा भएको विभागले जनाएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ७ : २५ बजे

रास्वपाबाट इलाम- २ मा मिलन लिम्बु बने उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  वैशाख १५ गते

एमाले पार्टी कार्यालय अध्ययन भ्रमणमा पुगे रास्वपाका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुले नेकपा एमालेको

एमाले रुपन्देहीको दशौं अधिवेशन जेठ १६ र १७ गते, विभिन्न समितिहरु गठन गर्दै तयारी सुरु

बुटवल । नेकपा एमाले रुपन्देहीको दशौं अधिवेशन आगामी जेठ १६

लुम्बिनी प्रादेशिक अस्पतालमा निसन्तान दम्पत्तिका लागि ‘आइयुआई’ सेवा सुरु

बुटवल । प्रसुती सेवालाई बिस्तार गर्दै लगेको लुम्बिनी प्रादेशिक अस्पताल

नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई

काठमाडौं । भारतमा हुने बरोडा र गुजरातसँगको फ्रेन्डसिप सिरिज तथा