२५ आश्विन २०८३, आइतबार | October 11, 2026

सगरमाथा र लोत्से आरोहण गर्ने पहिलो टोली बन्यो चिनियाँ आरोही सी जुन्जीको टोली



काठमाडौं । चिनियाँ आरोही सी जुन्जीको टोली यस याममा विश्वको सर्वोच्च शिखर सगरमाथा र लोत्सेको सफल आरोहण गर्ने पहिलो टोली बनेको छ ।

गत बिहीबार (मे १४) को बिहान ८ः५६ बजे सगरमाथाको सफल आरोहण गरेको चिनियाँ आरोही सी जुन्जीको टोलीले आज बिहान ११ः२५ बजे लोत्सेको सफल आरोहण गरेसँगै दुवै हिमाल चढ्ने पहिलो टोली बनेको हो ।

उक्त टोलीमा नेपाली गाइड निङ्मा दोर्जे तामाङ र दावा नुरु शेर्पा छन् ।

हिमालयन माउन्टेरियरिङ एक्सपिडिसनमार्फत सगरमाथाको सफल आरोहण गरेको उक्त टोली क्याम्प २ झरेर पुनः लोत्सेको सफल आरोहण गरेको हो । उक्त टोली ‘रोप फिक्सिङ’ टोलीपछि सगरमाथा चुचुरो पहिलोपटक पुगेको थियो ।

एक्सपिडिसनका सञ्चालक उत्सव पाठक (८८४८.८६) मिटर उचाइको सगरमाथा र (८५१६) मिटर उचाइको लोत्से आरोहण गर्ने पहिलो टोली बनेको बताए।

सामान्यतया सगरमाथा चढेपछि आरोहीहरु क्याम्प ४ मै बसेर लोत्से आरोहण गर्ने भए पनि उक्त टोली भने क्याम्प २ मा झरेर पुनः लोत्सेको आरोहण गरेको हो । हिमालयन माउन्टेरियरिङ एक्सपिडिसनमार्फत हाल सगरमाथामा ६ जना र सगरमाथा तथा लोत्सेमा तीन जनाको टोली आरोहणका लागि गएको छ ।

साथै, हिमाल आरोही कामिरिता शेर्पाले आइतबार बिहान ३२औँ पटक सगरमाथाको सफल आरोहण गरेर नयाँ कीर्तिमान बनाएका छन् भने महिला आरोही लाक्पा शेर्पाले पनि ११औँ पटक सगरमाथा आरोहण गरेर आफ्नै रेकर्ड तोडेका छन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०८३, सोमबार  १ : ०९ बजे

तनहुँ जलविद्युत् आयोजनाद्वारा विपद् पूर्वतयारी र प्रतिकार्य क्षमता अभिवृद्धि गर्न नमुना अभ्यास

तनहुँ। तनहुँ जलविद्युत् आयोजनाले निर्माणस्थलमा हुन सक्ने सम्भावित विपद्को जोखिम

बूढीगण्डकी बाढी : छ वटा पुल बगे, दश जना सम्पर्कविहीन

गोरखा ।बूढीगण्डकी बाढीले छ वटा पुल बगाएको छ भने कम्तीमा

बूढीगण्डकी बाढी त्रिशूली र नारायणी किनारमा सतर्कता

चितवनन । बुढीगण्डकीमा बाढी आएसँगै स्थानीय प्रशासनले त्रिशुली र नारायणी

बुटवलको कालिकानगरबाट पुनः सञ्चालनमा आयो पवन मिष्ठान भण्डार

बुटवल । पवन मिष्ठान भण्डारले बुटवलबाट पुनः आफ्नो सेवा सञ्चालनमा

बूढीगण्डकी बाढी : गोरखाको जगतबाट ६ जनाको हवाई उद्धार

काठमाडौं । बूढीगण्डकी नदीमा आइतबार बिहान आएको बाढीपछि पहिरोको जोखिममा