८ बैशाख २०८१, शनिबार | April 20, 2024

बुटवललाई आर्थिक राजधानी बनाउने योजना एमालेबाट मात्रै सम्भव छ : आर्थिक विश्लेषकहरु



बुटवल । बुटवलमा आर्थिक राजधानीका प्रसस्त आधार तयार भएकाले अबको बाटो तिनलाई संबस्थागत गर्नेमा लाग्नुपर्ने आर्थिक विश्लेषकहरुले बताएका छन् ।

पछिल्ला वर्षहरुमा बुटवलमा नमुनाका रुपमा भौतिक पूर्वाधार, आर्थिक, सांस्कृतिक र सामाजिक क्षेत्रमा प्रसस्त विकास भएको उनीहरुले बताए । बुटवलको विकासमा एमालेको योगदान रहेकाले त्यसलाई संस्थागत गरी आर्थिक राजधानी बनाउने योजना पनि एमालेबाट मात्रै सम्भव रहेको उनीहरुले जनाए ।

बुटवल आर्थिक राजधानीको आधार विषयमा सोमबार आयोजित अन्तरक्रियामा बोल्दै आर्थिक विश्लेषकहरुले बुटवलका सडकदेखि भवनसम्म प्राकृतिक सम्पदादेखि कला राजधानीको आधार तयार गरेको बताए । तिनाउ नदीमा बन्न लागेको सिग्नेचर पुल, तिनाउ दानव करिडोर पूरा हुदा बुटवल नमुना आर्थिक राजधानी बन्ने उनीहरुले दावी गरे ।

अर्थ विश्लेषक माधव कुमार पौडेलले बुटवलमा निर्माण भएको ढुवानी ग्राम, निर्माण सम्पन्न हुन लागेको बुटवल सभागृह, औद्योगिक प्रद्धर्शनी केन्द्र, कृषि बजार, कालिकापथ सडक, मोतीपुर औद्योगिक क्षेत्र जस्ता पूर्वाधारले आर्थिक राजधानीको बाटो तय गरेको बताए । उनका अनुसार नेपाल कब्जा गर्न आएको अंग्रेज फौजलाई हराएको जीतगढी किल्ला, युद्ध संग्राहलय, मोतीपुरको थारु संग्राहलय, नेपाल बैठौलिया ताल लगायत पर्यटक तान्ने आधार बनेका छन् ।

ट्राफिकचौकको कुकर कफिले सन्ध्याकालिन बजार मौलाएको बताउदै उनले अब कालिकापथमा बन्दै गरेका होटल रेष्टुरेन्टलाई व्यवस्थीत गरी रात्रिकालिन बजारका रुपमा विकास गर्नुपर्ने बताए । लुम्बिनी वाणिज्य क्याम्पसमा प्राध्यापनमा संलग्न पौडेलले भने, ‘कालिकापथको सडक सकिनासाथ त्यहाको सौन्दर्यता बढ्ने छ । वास बस्न बुटवल भन्ने अभियान मात्रै थाल्ने हो भने यहा“ पर्यटकको ओइरो लाग्ने छ ।’
बुटवलको रामनगरमा औद्योगिक क्षेत्र छ भने मोतीपुरमा नयां औद्योगिक क्षेत्र स्थापना हुदैछ । यसले ठूला र मझौला उद्योगहरु बढ्ने मात्र रोजगारीको थप गन्तव्य बन्ने पौडेलले बताए । १८ सय १६ को सुगौली सन्धीपछि १९ सय ५० सम्म हिउदे व्यापार केन्द्रका रुपमा बुटवलको बजार विकास सुरु भएको थियो । अहिले मुलुकका ७७ वटै जिल्लामा यहाबाट सामान ढुवानी हुन्छ । त्यसका लागि बुटवल उपमहानगरपालिकाले बुटवल– १२ नया“गाउ“मा ढुवानी ग्राम बनाएको छ । त्यसमा व्यवसायका लागि ४९ वटा सेड छन् । नेपालगन्ज रोडमा रहेको कृषि थोक बजारले कृषि व्यवसाय प्रवद्धनमा सघाएको छ । ‘उपमहानगरपालिकाले थालेका योजनामा प्रदेश र संघले सघाउने एवं संघ र प्रदेशका योजनालाई उपमहानगरपालिकाले अपनत्व लिएर काम गर्नुले बुटवल नमुना शहरका रुपमा विकास भएको छ,’ उनले भने, ‘अब नया विकास भन्दा एमाले नेतृत्वमा सुरु भएका योजना पूरा गरेमात्रै पनि बुटवल आर्थिक राजधानी बन्छ । कसैले रोक्न सक्दैन ।’ अर्थतन्त्रको प्रभावकारी व्यवस्थापनबाट मात्रै संघीय व्यवस्था कार्यान्वयन सफल हुने बताउदै पौडेलले यस काममा बुटवल उपमहानगर अब्बल रहेको दावी गरे ।

पर्यटन विकासका लागि प्राचिन नुनमार्गको पहिचान गरी जैविक पैदल मार्ग बनाउने र स्थानीय उत्पादनलाई ब्रांडीड. गर्ने काममा आगामी नेतृत्वले काम गर्नुपर्ने उनले बताए । आर्थिक अनुसन्धान केन्द्रका अध्यक्ष हुमराज भुसालले बुटवल शिक्षा र वित्तिय संस्थाको समेत हब बनेको बताए । उनका अनुसार बुटवलमा देशकै उत्कृष्ठ नीजी, सामुदायिक विद्यालय र क्याम्पसहरु छन् । शिक्षाको सुधारमा सिंगो बुटवल एक विद्यालय अवधारणा अगाडि बढेको छ । बिटिआईलाई इन्जिनियरिङ क्याम्पसको रूपमा विकास गरी स्नातक तहको ४ वर्षे बिटेकएड मेकानिकल जनरल इन्जिनियरिङ कार्यक्रम शुभारम्भ हुनु, कोरीयन टेक्नीकल कलेजमा आवश्यकतामुखी पाठ्यक्रम पढाइनु त्यसको नमुना भएको विश्लेषक भुसालले बताए ।

बुटवलमा केन्द्रीय कार्यालय रहेको एक बैंक र २ लघुवित्तसहित १ सय बढी बैंकका शाखा कार्यालयहरु छन् । औद्योगिक क्षेत्र र व्यापारिक प्रतिष्ठानले रोजगारी बढाएको छ । रोजगारी तथा आय वृद्धिका लागि पछिल्लो समय उपमहानगरले मात्रै २ हजार ४ सय जनालाई ३ महिने सिपमूलक तालिमसहित उपकरण हस्तान्तरण गरेको छ । ‘अबको समय बुटवलले प्राप्त गरेको उपलब्धीको संस्थागत गर्ने र सुरु भएका विकास पूर्वाधार सक्ने हो । बुटवल आर्थिक राजधानी बनी सकेको छ,’ उनले भने, ‘यो काम एमाले नेतृत्वको स्थानीय सरकारबाट मात्रै सम्भव छ ।’

अन्तरक्रिया कार्यक्रमको सहजीकरण निर्वाचन प्रचार प्रशार कमिटि संयोजक डीआर घिमिरेले गरेका थिए । त्यसक्रममा उनले बुटवलको विकास, आवश्यकता, अहिले सुरु आयोजना र तिनको व्यवस्थापनबारे बताएका थिए । लुम्बिनी प्रादेशिक अस्पतालको स्तरोन्नति, बहुतले ट्रमिनल बिल्डीङ, हाटबजार व्यवस्थापन लगायतले बुटवलको बहुआयामिक विकास भएको बताउदै अब आउने एमाले नेतृत्वले आर्थिक राजधानीका लागि आवश्यक सम्पूर्ण संरचनात्मक काम गर्ने गरी प्रतिवद्धता पत्र तयार गरेको बताए । ‘बुटवलमा विकासको जग एमालेले बसालेको थियो । आर्थिक राजधानी बनाउनेसम्मको कार्यभार पनि एमाले कै हो,’ उनले भने, ‘त्यसका लागि नागरिकको पनि समर्थन र सहमती छ ।’

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ४ : ५२ बजे

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु