२९ चैत्र २०८२, आइतबार | April 13, 2026

सर्वोच्चमा विश्वराज पोखरेलको रिट – आफुलाई कामु आईजीपी बनाउन मागदाबी



काठमाडौं । सरकारले धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी)मा बढुवा गरेको निर्णय विरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) विश्वराज पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

पोखरेलको तर्फबाट आज सर्वोच्चमा अधिवक्ता सुनिता रावतले रिट दायर गर्दै सरकारले गरेको बढुवाको निर्णय यथास्थितिमा राख्न माग गरेका छन् । पोखरेलले अदालतबाट न्याय निरुपण नभएसम्म आफुलाई कायममुकायम आईजीपीको रुपमा काम गर्न दिनुपर्ने मागदाबी पनि गरेका छन् ।

पोखरेलको रिट निवेदनलाई सर्वोच्च प्रशासनले दर्ता गरेको छ । रिटमाथि प्रारम्भिक सुनुवाइ बुधबार हुने भएको छ ।

पोखरेलले रिटमा जेष्ठता, कार्यसम्पादन मूल्यांकन, शैक्षिक योग्यता, तालिम, पुरस्कार, कमाण्डलगायत सबै आधारमा आफू अगाडि रहेको दाबी गर्दै सिंहलाई बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय बदर गर्न माग गरेका छन् । प्रहरी नियमावली२०७१ को नियम ४१ र ३० अनुसार महानिरीक्षकमा आफ्नो बढुवा हुनुपर्ने उनको माग रहेको छ ।

रिटमा पोखरेलले एआईजीसम्म आइपुग्दा आफुले कुनै विभागीय कारवाही नभोगेको पनि जिकिर गरेका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले एआईजी सिंहलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

 

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ५ : २६ बजे

आइतबार पनि स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था (अस्पताल)लाई आइतबार

भोलिबाट प्रथम खजुरा गोल्डकप फुटबल, खेलाडीहरु खजुरा पुग्दै

खजुरा । ‘एमटी एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२’ को

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

बुटवल । गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल-गैँडाकोट राजमार्गको

प्रधानमन्त्रीसहित मन्त्रीहरुले गरे सम्पत्ति विवरण सार्वजनिक, कस्को कति छ सम्पत्ति ?(सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ

चर्को आलोचनापछि सरकारले छोड्यो युट्युबर रोशन पोख्रेललाई

काठमाडौं । युट्युबर रोशन पोख्रेल हाजिर जमानीमा रिहा भएका छन्