२७ असार २०८३, शनिबार | July 12, 2026

त्रियुगामा कांग्रेसका बसन्त बस्‍नेतको उम्मेवारी खारेजीको माग गर्दै एमालेको उजुरी



उदयपुर । उदयपुर सदरमुकाम गाईघाटमा रहेको त्रियुगा नगरपालिका मेयरमा उम्मेदवार बनेका नेपाली कांग्रेसका बसन्तकुमार बस्‍नेतविरुद्ध उम्मेदवारी परेको छ ।

बस्‍नेतले सरकारी बक्यौता तिर्न बाँकी रहेको भन्दै उम्मेदवारी खारेजी गर्न माग गर्दै एमालेका त्रियुगा नगरपालिकाका मेयरका उम्मेदवार भागवत राउतले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका हुन् ।

बस्‍नेतले उम्मेदवारी दर्ता गराएर अन्तिम नामावली समेत प्रकाशन भइसकेको छ । निर्माण व्यवसायी समेत रहेका बस्‍नेतले एपेक्स इन्द्रेणी जेभिको नामबाट कारोबार गर्दा आन्तरिक राजश्व कार्यालय लहानमा मूल्य अभिवृद्धि कर भ्याट बक्यौता रहेको दाबी उजुरीमा गरिएको छ । उनले सोमबार मात्र उजुरी दर्ता गराएका हुन् ।

आन्तरिक राजश्व कार्यालय लहानले कर बक्यौता दाखिला गर्न गत २०७८ चैत २७ गते १५ दिने सूचना प्रकाशित गरेको थियो । सो अवधिमा समेत कुनै पनि फर्म सम्पर्कमा नआएको आन्तरिक राजश्व कार्यालय लहानका प्रमुख कर अधिकृत राजकुमार खतिवडाले बताए ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  १० : ४८ बजे

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली । यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको मृत्यु

काठमाडौँ । बुद्धनगरका ४५ वर्षीय अश्विन रावतको जलबाट मृत्यु भएको

खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

नेपालगन्ज । नेपालगन्जका खेलाडी तथा खेलकर्मीहरुले खेलकुदले समाजलाई जोड्नुका साथै

बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते

महेन्द्रनगर । बझाङमा आज अपराह्न भएको जीप दुर्घटनामा तीन जनाको

गण्डकी प्रदेशमा पूर्वाधार विकासका कामले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र पूर्वाधार विकासका