१ पुस २०८२, मंगलबार | December 16, 2025

त्रियुगामा कांग्रेसका बसन्त बस्‍नेतको उम्मेवारी खारेजीको माग गर्दै एमालेको उजुरी



उदयपुर । उदयपुर सदरमुकाम गाईघाटमा रहेको त्रियुगा नगरपालिका मेयरमा उम्मेदवार बनेका नेपाली कांग्रेसका बसन्तकुमार बस्‍नेतविरुद्ध उम्मेदवारी परेको छ ।

बस्‍नेतले सरकारी बक्यौता तिर्न बाँकी रहेको भन्दै उम्मेदवारी खारेजी गर्न माग गर्दै एमालेका त्रियुगा नगरपालिकाका मेयरका उम्मेदवार भागवत राउतले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका हुन् ।

बस्‍नेतले उम्मेदवारी दर्ता गराएर अन्तिम नामावली समेत प्रकाशन भइसकेको छ । निर्माण व्यवसायी समेत रहेका बस्‍नेतले एपेक्स इन्द्रेणी जेभिको नामबाट कारोबार गर्दा आन्तरिक राजश्व कार्यालय लहानमा मूल्य अभिवृद्धि कर भ्याट बक्यौता रहेको दाबी उजुरीमा गरिएको छ । उनले सोमबार मात्र उजुरी दर्ता गराएका हुन् ।

आन्तरिक राजश्व कार्यालय लहानले कर बक्यौता दाखिला गर्न गत २०७८ चैत २७ गते १५ दिने सूचना प्रकाशित गरेको थियो । सो अवधिमा समेत कुनै पनि फर्म सम्पर्कमा नआएको आन्तरिक राजश्व कार्यालय लहानका प्रमुख कर अधिकृत राजकुमार खतिवडाले बताए ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  १० : ४८ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज