६ बैशाख २०८१, बिहिबार | April 18, 2024

बुटवल उपमहानगरका पाँच वर्ष



रुपन्देही । पछिल्ला ५ वर्षयता बुटवल र आसपासका क्षेत्रको विकासले गति लिएको छ । बुटवलको विकासलाई लिएर राष्ट्रिय अन्तरराष्ट्रिय स्तरमा चर्चा हुने गर्छ । नेपालकै विकास र राजनीतिमा नेतृत्वदायी भूमिका निर्वाह गरेको बुटवलले विकासको मानक स्थापित गरेको छ । बुटवल विकासको मानक हुनुको कारण दूरगामी एवम् राष्ट्रिय महत्वका विकास आयोजनाहरू अघि बढाउन सक्नु हो ।

बुटवल उपमहानगरको नेतृत्वमा अहिलेसम्म ठूला साना गरी २४ सय ४१ योजनाहरू सम्पन्न भएका छन् । यो अवधिमा पाँच सय २७ किलोमिटर पक्की सडक निर्माण भएको छ भने ग्राभेल सडक २ सय ५ किलोमिटर तयार भएको छ । फुटपाथ इन्टरलक १३ किलोमिटर निर्माण तथा मर्मत सम्भार भएको छ । यो अवधिमा वडा नं ७ र ८ को खानेपानी परियोजना सम्पन्न भएको बुटवल उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरका विभिन्न स्थानमा ३३ वटा सार्वजनिक शौचालय समेत निर्माण भएका छन् ।

बुटवलको श्रवणपथमा आन्तरिक बाइपास सडक निर्माण सम्पन्न भएको छ । कालिका पथ सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने बुटवल चक्रपथ निर्माणकार्य प्रारम्भ भएको छ ।

मोटरेवल पक्की पुल १७ वटा तयार भएका छन् । नाली निर्माण तथा मर्मत २२५ किलोमिटर, कल्भर्ट निर्माण तथा मर्मत ७०० र ह्युमपाइप जडान ९७० वटा सम्पन्न भएका छन् । उपमहानगरपालिकाको आधुनिक एवम् सेवाग्राहीका लागि सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण भएको छ ।

तिनाउ-दानव करिडोर निर्माण प्रक्रिया प्रारम्भ हुनु, तिनाउ-दानवमा दर्जनौंँ मोटरेवल पुलहरू बन्नु, सिद्धार्थ राजमार्गलाई डेडिकेटेड डबल लेनमा स्तरोन्नति गर्ने तयारी अघि बढ्नु, सिद्धबाबा क्षेत्रमा सुरूङ मार्गको निर्माण प्रक्रिया अघि बढ्नु, तिनाउ नदीमा अत्याधुनिक (सिग्नेचर) पुल निर्माणको प्रक्रिया अघि बढ्नु, बेलबास-नुवाकोट र बेलबास-बेथरी सडकले बाह्य क्षेत्रलाई जोड्ने अवस्था आउनु, कर्साघाटमा बृहत् कृषि बजार केन्द्र निर्माणको प्रक्रिया अघि बढ्नु, पार्कहरूको सहरको रूपमा स्थापित हुनुजस्ता आयोजनाहरूले बुटवल अन्तर्राष्ट्रिय स्तरको आधुनिक सहरमा विकसित हुँदैछ भन्ने सन्देश दिएको लेखक तथा विष्लेशक ऋषि आजाद बताउछन् ।

गौरवपूर्ण इतिहास र राष्ट्रिय स्वाधीनताको प्रतिक जितगढी किल्लालाई संरक्षण प्रवद्र्धन गर्ने क्रममा उजिर सिंहको पूर्ण कदको शालिक स्थापना हुनु, जीतगढी (बटौली) युद्ध संग्रहालयको निर्माण कार्यको प्रकृया अघि बढ्नु, मोतिपुरमा थारू संग्रहालय तथा थारू साँस्कृतिक ग्राम र आवास क्षेत्रको योजना कार्यान्वयन गर्न विस्तृत परियोना प्रस्ताव तयार हुनु, अटो भिलेज, ट्रान्सपोर्ट भिलेजजस्ता कार्यहरूले व्यवस्थित र विशिष्टिकृत सहरीकरणको आरम्भ भएको छ ।

करिब २०,००० अव्यवस्थित बसोबास तथा भूमिहीन सुकुम्बासीहरूलाई निस्सा प्रदान, २०० बिगाहा जग्गा नापजाँच, ११०० घरपरिवारलाई गाउँब्लक अन्तर्गत लालपुर्जा वितरण, २०० जनालाई बहाल बिटौरी अन्तर्गत लालपुर्जा वितरण, १०० बिगाहा सार्वजनिक जग्गा अतिक्रमण हुनबाट रोकेर उपमहानगर पालिकाको स्वामित्वमा ल्याउने काम सम्पन्न भएको बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले जानकारी दिइन् ।

उनका अनुसार लैङ्गिक हिंसामुक्त नगर निर्माणका लागि कार्ययोजना बनाएर काम गरिएको छ भने ७५० महिलालाई उद्दार तथा पुनस्र्थापना गरिएको छ ।

विद्युतीय प्रणालीमार्फत कर बुझाउन सकिने तथा वडा स्तरमा समेत विभिन्न सेवाहरू विद्युतीय प्रणालीमार्फत प्रारम्भ गरिएको छ । वडा तहमा स्वास्थ्य संस्था विस्तार, आफ्नै खोप भण्डार केन्द्र सञ्चालन, स्वास्थ्य संस्थामा प्रयोगशाला विस्तार गरिएको छ । उपमहानगरले जेष्ठ नागरिक घरदैलो निःशुल्क स्वास्थ्य जाँच, पोषण सामग्रीसहित गर्भवती तथा सुत्केरी भेटघाट, गर्भवती महिला निःशुल्क प्रयोगशाला सेवा, निःशुल्क मधुमेह जाँच सेवाको शुरूवात गरेको उपप्रमुख आचार्यको भनाइ छ ।

उनका अनुसार बिटिआईलाई इन्जिनियरिङ्ग क्याम्पसको रूपमा विकास गर्न स्नातक तहको ४ वर्षे बिटेकएड मेकानिकल जनरल इन्जिनियरिङ्ग कार्यक्रम शुभारम्भ गरिएको छ । खरको छाना भएका १७० घरमा जस्तापाता, ३५ जना विपन्न घरपरिवारलाई आवास प्रदान गरिएको छ ।
नेपालकै नमुना ढुवानी ग्राम निर्माण र नेपालकै पहिलो आधुनिक बधशाला निर्माण सम्पन्न भएको छ भने जितगढी (बटौली) युद्ध संग्रहालय निर्माणको ७० प्रतिशत काम सम्पन्न भएको छ । ऐतिहासिक तथा पुरातात्विक महत्वको नरेनापुरधामलाई धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास गरिएको छ । नरेनापुरमा १० बिगाहामा पिकनिक स्थल र ५ बिगाहामा थारू सास्कृतिक पहिचानसहितको मोतिपुर पिकनिक स्थल निर्माण भएको छ ।

बैठौलिया तालको अतिक्रमित जग्गालाई संरक्षण गरी ३ बिगाहाबाट २८ बिगाहामा विस्तार गर्दै नयाँ पर्यटकीय गन्तव्यको विकास गरिएको छ । सार्वजनिक निजी साझेदारी अवधारणामा बुटवल बसपार्कमा आधुनिक बस टर्मिनल, रमणीय पार्क र ७ देखि १६ तला सम्मका ७ वटा बहुतले पार्किङ्ग तथा बहुउद्देश्यीय व्यावसायिक भवन निर्माणको प्रक्रिया अन्तिम चरणमा रर वडा नं. ७ स्थित सोमबारे हाटबजारमा बहुतले कृषि बजार केन्द्र निर्माणको प्रक्रिया आरम्भ भएको उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।

उनका अनुसार देवीनगरमा करिब १४ बिगाहा क्षेत्रफलमा आधुनिक खुल्ला मञ्च निर्माणको काम प्रारम्भ भएको छ । बुटवलका १० स्थानमा खुला व्यायामशाला, नरेनापुर क्रिकेट खेलमैदान, सेमलार बृहत बहुउद्देश्यीय कवर्ड हल, कालिका कवर्ड हल, तारा खेल मैदानको निर्माण गर्नुका साथै ५५ वटा खेल मैदान तथा कवर्ड हलको स्तरोन्नती गरिएको छ ।

लुम्बिनी वाणिज्य क्याम्पसलाई मानित विश्वविद्यालय बनाउन तामनगरमा ४० बिगाहा जग्गा सिफारिस गरिएको छ । करिब ८ बिगाहामा नन्दिनी गौ संरक्षण केन्द्र सञ्चालन, शिवनगर वनमा सहकारी फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण, तीनवटा पालिकाको सहकार्यमा आधुनिक फोहोरमैला प्रशोधन केन्द्र निर्माण प्रारम्भ भएको उपमहानगरले जनाएको छ ।

वडा कार्यालय, स्वास्थ्य, व्यावसायिक तथा सामुदायिक भवनहरु ३१० वटा निर्माण भएका छन् भने ५० वटा विद्यालय भवन निर्माण तथा मर्मत गरिएको छ । १८ वटा विद्यालयहरूमा विज्ञान प्रयोगशाला, पुस्तकालय र सूचना तथा प्रविधि केन्द्र निर्माण भएका छन् ।

मठ, मन्दिर, चर्च, गुम्बा र छठका लागि अनकूल पूर्वाधार तयार भएको छ । ५५ वटा खेलकुद मैदान तथा कवर्डहल निर्माण तथा मर्मत र कम्पाउण्ड वाल, तारबार तथा रेलिङ्ग निर्माण १० किलोमिटर तयार भएको छ । सिंचाई तथा नदी नियन्त्रण (तटबन्ध तथा नहर निर्माण) १३.७ किलोमिटर, डिप बोरिङ्ग तथा स्यालो टुयुबवेल जडान तथा मर्मत ४५ वटा सम्पन्न भएका छन् ।

उपमहानगरले रोजगारी तथा आय वृद्धिका लागि दुई हजार चार सय जनालाई ३ महिने सिपमूलक तालिम, ४१० जनालाई उपकरण तथा औजार सहयोग, ११० जनालाई परियोजना लेखनमा सहयोग, ११,००० जनालाई छोटो अवधिका सिपमूलक तथा आयमूलक तालिम प्रदान गरिएको उपमहानगरपालिकाका उद्योग वाणिज्य तथा पर्यटन प्रवद्र्धन, अनुगमन तथा मूल्यांकन शाखा प्रमुख ठगिश्वर पोखरेलले जानकारी दिए । उनका अनुसार ावडा नं. १५ मा कृषि उपज संकलन केन्द्र, वडा नं. १६ मा कृषि हाटबजार, वडा नं. १७ मा खाद्यान्न भण्डार केन्द्र निर्माण भएको छ ।

यतिमात्रै होइन शिक्षाको गुणस्तर वृद्धि गर्न उपमहानगरले शिक्षामा लगानी बढाएर नयाँ कार्यक्रम लागु गरेको छ बुटवलको ५ वर्षे शिक्षा योजना निर्माण, समान गुणस्तर को शिक्षा प्रदान गर्न सिंगो बुटवल एक विद्यालय अवधारणा कार्यान्वयनमा ल्याउने बुटवल पहिलो पालिका रहेको बुटवल उपमहानगरपालिकाका प्रमुख शिबराज सुवेदी बताउछन् ।

उनका अनुसार कक्षा १-८ सम्म १०० पूर्णाङ्कको स्थानीय पाठ्यपुस्तक अध्यापन गराउने बुटवल पहिलो पालिका हो । लगानीमैत्री तथा व्यावसायिक वातावरणमैत्री पालिकामा बुटवल नेपाल प्रथम भएको छ । निर्माण सामग्रीको गुणस्तर मापनका लागि बुटवलको आफ्नै प्रयोगशाला छ । प्राविधिक अध्ययन र मापदण्ड निर्माण गरी स्थान विशेषका आधारमा १७ तलासम्मका भवन निर्माणको इजाजत प्रदान गर्ने नीति निर्माण गरिएको प्रमुख सुवेदीले बताए ।

उनका अनुसार कृषि क्षेत्रको विकास विस्तारका लागि कर्साघाटमा बृहत कृषि बजार केन्द्र निर्माणका लागि ४५ बिगाहा जग्गा सिफरिस गरिएको छ भने फसल धितो राखेर किसानलाई सहुलियत दरको ऋण प्रदान गर्ने कार्यक्रमअन्तर्गत १,३०० मेट्रिक टन फसलमा सहुलियत दरको ऋण प्रदान गरिएको छ । बेरोजगारलाई रोजगारी प्रदान गर्नै उद्देश्यले श्रम तथा रोजगार डेस्क सञ्चालन गर्ने पहिलो पालिका बुटवल बनेको छ ।
बेसहारा सडक आश्रित मानवमुक्त नगर बनाउने कार्यक्रम अन्तर्गत १,७०० जनालाई उद्दार गरिएको छ । जसमध्ये ११२० जना सडक आश्रित बालबालिकाको उद्दार तथा पुनस्र्थापना गरिएको छ । एक वडा एक जेष्ठ नागरिक मिलन केन्द्र निर्माण योजना अन्र्तगत हालसम्म १२ वटा केन्द्र निर्माण गरिएको उपमहानगरले जनाएको छ ।

उपमहानगरले कोरोना भाइरस महामारी रोकथाम र नियन्त्रणका लागि कोरोना विशेष अस्थायी अस्पताल, एन्फा आइसोलेसन सेन्टर निर्माण गर्नुका साथै कोरोना संक्रमितको मनोबल बढाउन घरदैलो भेटघाट गरेको थियो । यसका साथै अलपत्र यात्रु उद्धार, अक्सिजन बैक, अक्सिजन एयरलिफ्ट, टोलटोलमा निःशुल्क परीक्षण, निःशुल्क एम्बुलेन्स, शव वाहन, संक्रमित ओसारपसार साधन व्यवस्थापन तथा राहत वितरण जस्ता अन्य कामहरू सम्पन्न भएका छन् ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  १ : १७ बजे

जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद

धनुषा । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको

भोलि मनकामना केबलकार बन्द हुने

चितवन । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द

सुदूरपश्चिममा एकीकृत समाजवादीको प्लान बी !

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री दाबी गर्न

लुम्बिनी प्रदेशमा एमालेलाई अर्थसहित पाँच मन्त्रालय

बुटवल । नेकपा एमालेबाट लुम्बिनी प्रदेश सरकारमा पाँच जना मन्त्री

घाटुनाचको संरक्षणमा जुट्दै नवलपुरका गुरुङ समुदाय

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)का गुरुङ समुदाय ऐतिहासिक परम्परागत घाटुनाच