१८ माघ २०८२, आइतबार | February 2, 2026

गण्डकीमा ३९ वर्षपछि राष्ट्रिय खेलकुद हुँदै, तयारीमा प्रदेश सरकार



पोखरा । पोखरामा ३९ वर्षपछि राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । २०४० मा दोश्रो खेलकुद भएपछि गण्डकीमा राष्ट्रिय खेलकुद हुन सकेको थिएन । प्रतियोगिताको तयारीका लागि गण्डकी सरकारले चासो दिएको छ ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उच्चस्तरीय बैठक आयोजना गरी तयारीमा जुट्न निर्देशन दिए । प्रतियोगिता जेठ २२ देखि २८ गतेसम्म सन्चालन हुँदैछ ।

प्रदेशको युवा तथा खेलकुद मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले खेलाडी छनोट र खर्च प्रक्रियाका लागि तयारी तत्कालै थाल्नुपर्ने सुझाव दिए । प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङले प्रतियोगिता सन्चालनका लागि गण्डकी सरकारका लागि मात्रै ५ करोड २० लाख भन्दा बढी खर्च लाग्ने बताएका छन् । उनका अनुसार यो रकम प्रदेशका खेलाडी छनोट र व्यवस्थापनका लागि हो ।

प्रतियोगितामा ३६ खेल समावेश हुनेछन् । पोखरामा हुने भएकाले प्रतियोगितामा नसमेटिने गरी छेलो र क्यानोनिङ समेत समावेश गर्न लागिएको गुरुङले जानकारी दिए । यो वर्ष ११ वटा टोलीबीच प्रतिश्पर्धा हुने भएको छ । प्रतियोगितामा ७ हजार खेलाडी, २ हजार व्यवस्थापक र १ हजार रेफ्री गरी कम्तीमा १० हजार जना प्रत्यक्ष उपस्थित हुनेछन् ।

प्रतियोगिता अन्तर्गत खेलहरु ११ वटै जिल्लामा विभाजन गरिएको छ । बास्केटबल ९महिला–पुरुष० तनहुँ, बुद्धिचाल (महिला–पुरुष) मनाङ, आइटिएफ तेक्वान्दो (महिला–पुरुष) म्याग्दी, फुलकन्ट्याक्ट कराँते (महिला–पुरुष) स्याङ्जा र फेन्सिङ (महिला–पुरुष) पर्वतमा गर्न राखेपसमक्ष प्रस्ताव गरी पठाइएको समितिले जनाएको छ । राष्ट्रिय खेलकुदका लागि आवश्यक खेल पूर्वाधार निर्माणका लागि चालु आवमा राखेपले १६ करोड बजेट विनियोजन गरेको छ ।

यस्तै, पुरुष फुटबलसहित एथलेटिक्स, बक्सिङ, भारोत्तोलन, भलिबल, ब्याडमिन्टन, उसु, ह्याण्डबल, हक्की, स्क्वास र सुटिङका महिला तथा पुरुष, जिम्न्याष्टिक, लनटेनिस, सफ्टटेनिस, क्रिकेट, साइक्लिङ, आर्चरी, पौडी, गल्फ, शारीरिक सुगठन, प्याराग्लाइडिङ र ट्रायथोलनका महिला तथा पुरुषका खेल पोखरामा हुनेछन् ।

महिला फुटबल स्याङ्जाको वालिङमा हुनेछ भने तेक्वान्दो (महिला–पुरुष) बागलुङ, कराते (महिला–पुरुष) लमजुङ, टेवलटेनिस (महिला–पुरुष) मुस्ताङ, कबड्डी, कुस्ती र खोखो (महिला–पुरुष) नवलपुर तथा जुडो र सेपाकताक्रो (महिला–पुरुष) गोरखामा खेलाउने योजना छ ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  १० : ०० बजे

खुल्यो जमुनाहा नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवागमन

नेपालगन्ज । जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत सुरु

ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ । दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

खुम्च्यो स्वास्थ्य बीमाको सेवा, ओपीडी सेवामा वर्षमा २५ हजार मात्र भुक्तानी हुने

काठमाडौं । स्वास्थ्य बीमा गरेका परिवारले पाउँदै आएको बीमा सेवालाई

भोटाहिटीस्थित साइबर ब्युरोको भवन महानगरलाई दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । उपचारका क्रममा आइतबार मध्याह्न काठमाडौंको ग्रान्डी अस्पतालमा निधन