१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

बुटवलमा पहिलो पटक ह्याकाथन



बुटवल । बुटवलमा संचालनमा रहेको क्रिमसन कलेजमा बुटवलमै पहिलो पटक ह्याकाथन कार्यक्रम सम्पन्न भएको छ । २४ घण्टा सम्म लगातार कार्यस्थल मै रहेर विद्योर्थीहरुले विभिन्न विषय संग सम्बन्धित सफ्टवयेर, एप्स, वेभसाईट तथा रोबोटिक्स निर्माण गर्ने प्रतिष्प्रर्धात्मक कार्यक्रम गरि ह्याकाथन सम्पन्न भएको हो । उक्त कार्यक्रममा कलेजका ४८ जना बिद्यार्थीले रात दिन लगातार रुपमा काम गरी फरक फरक विधाका १२ वटा परियोजना हरु बिकास गरेका छन् ।

ह्याकाथन अन्तराष्ट्रिय स्तरमै प्रख्यात एक समन्वयात्मक तथा प्रतिष्प्रधात्मक प्रतियोगीता हो जसले बिधार्थीहरुमा रहेको नविनतम सोच सिप र दक्षतालाई उजागार गर्न सहयोग गर्दछ । प्राविधीक विषयमा अध्ययन गरीरहेका विधार्थीहरुको बिचमा प्रतिष्प्रधात्मक क्षमताको बिकास गरी बजारमा माग रहेका विभिन्न बिषय दिएर २४ घण्टा सम्म क्याम्पसको प्राविधीक ल्याब हलमै बसेर बिर्धार्थीहरुले १२ वटा विषयमा परियोजना बिकास गरेको आईटी फ्याक्ल्टी कोडिनेटर अब्दुल हकले जानकारी दिए ।

क्रिमसन कलेजका बिद्यार्थीहरुले स्थापना गरेको आईटी क्लबले आयोजना गरेको एक्त कार्य्रक्रममा प्रस्तुत भएका परियोजनाहरुको मुल्याकन गरी ३ वटा उत्कृष्ट परियोजनालाई पुरस्कृत गरीएको कार्यक्रमका मुल्यांकनकर्ता नारायण भुषालले बताए ।

उत्कृष्ट परियोजना बिकास गरेका विद्यार्थीलाई लक्षित गरी तत्कालै व्यवसायीक योजना तयारी तालिम प्रदान गरेर विध्यार्थीहरु स्वरोजागार र नया स्टार्ट अपमा समेत उत्प्रेरित गरीने प्राध्यापक मुकुन्द ज्ञवालीले बताए ।

क्याम्पस प्रमुख देबी भण्डारीले कलेजमा यस्ता खालका विद्यार्थी लक्षित कार्यक्रमहरु नियमित हुने र बजारले खोजेका सिपहरु विधार्थीलाई प्रदान गर्दै जाने बताए ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ३ : ५४ बजे

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना