८ बैशाख २०८१, शनिबार | April 20, 2024

‘आयु बाबुराम’ का नाममा पनि चिनिए एमाले उम्मेदवार बावुराम



बुटवल । चुनावी गीत बजाउँदै एक हुल मान्छेहरु बुटवलको झोलुङगेपुल नजिकै पुगेपछि स्थानीय प्रेम प्रसाद नेपाल घर वाहिर निस्किए । सयौंको संख्यामा वाजागाजासहित नांच्दै आएका प्रचारकहरु देखेर बृद्ध नेपाल दङ्ग परे । घर अगाडी उभिएका उनलाई जव नेकपा एमालेका तर्फबाट बुटवलका नगरप्रमुख बावुराम भट्टराईले नमस्कार गरे र भने—मलाई चिन्नु भयो ? बृद्ध नेपाल अलमलमा परे । उनले ठम्याउन नसकेपछि उम्मेदवार भट्टराइले फेरि भने,—‘म आयु बाबुराम भट्टराई’ । बृद्ध नेपालका मुहारमा खुसीको सिमा रहेन । उनले गर्लम्म अंगालो हाले । खासमा उम्मेदवार भट्टराई र बृद्ध नेपालका वीच बर्षौ पुरानो चिनजान रहेछ । नगर प्रमुख पदका उम्मेदवार वावुराम भट्टराई भन्ने सुनेपनि बृद्ध नेपाललाई उनी ‘आयु’ बाबुराम भट्टराई हुन् भन्ने थाहा रहेनछ । चिरपरिचित ब्यक्ति नगर प्रमुखका उम्मेदवार रहेको थाहा पाएपछि बृद्ध नेपाल उम्मेदवारको पछि लागेर घरदैलोमा हिंडे ।

२ दिन अघि अमरपथ क्षेत्रको घरदैलोमा हिंडेका वेला त्यहांका पुराना ब्यवसायि कृष्णध्वज श्रेष्ठसंग उम्मेदवार भट्टराईको भेट भयो । ब्यवसायी श्रेष्ठले पनि उम्मेदवार भट्टराइलाई नचिनेपछि एमाले कार्यकर्ताले ‘आयु’बाबुराम भट्टराई भनेर चिनाएका थिए । ‘आयु’ बाबुराम भट्टराई उम्मेदवार भएको थाहा पाएपछि श्रेष्ठले उनलाई फूलमालाले स्वागत गर्दै शुभकामना दिएका थिए ।

नेकपा एमालेका तर्फबाट बुटवल उपमहानगरपालिकाका नगर प्रमुख पदका उम्मेदवार बाबुराम भट्टराई बुटवलका चिरपरिचत ब्यक्ति मात्र होइनन् सफल ब्यवसायि र समाजसेवी पनि हु्न् । उनलाई बुटवल भित्र र वाहिरका अगुवाहरुले ‘आयु’ बाबुराम भट्टराई भनेर चिन्छन् । बुटवलको अस्पताल लाइन पारिपट्टि उनकोे ‘आयु’ मेडिकल हल थियो । आयु मेडिकल हलकै कारण उनलाई आयु बाब्राम भनेर चिन्न थालियो । उक्त मेडिकलमा ३० को दशकदेखि नै भट्टराईले विशेषज्ञ डाक्टरहरुमार्फत सेवा दिने गर्थे ।

‘बुटवल भित्र र वाहिरका अधिकांश नागरिकले बाबुरामको आयु मेडिकलबाटै सेवा लिन्थे’– बरिष्ठ पत्रकार अर्जुन ज्ञवालीले भने । बुटवलको आधा भन्दा बढी जनसंख्याले आयु मेडिकलबाटै स्वास्थ्य सेवा लिन्थे । अत्यन्तै सरल स्वभावका भट्टाई स्वास्थ्यकर्मी पनि हुन् । उनले सरकारी अस्पतालका विकृति विसंगति र स्वास्थ्यकर्मीका अधिकारका लागि थुप्रै आन्दोलनहरुको नेतृत्व समेत गरे ।

‘गुल्मी,अर्घाखांची,पाल्पा र स्याङ्जाबाट उपचारका लागि आउने सयौं बिपन्न नागरिकको निशुल्क उपचार गरेर पठाउंथे’— बुटवलका पुराना ब्यवसायी मोति पाण्डेले भने । बाबुराम अगाडी भएको ठाउंमा पैसाको अभावले कसैले ज्यान गुमाउनु पर्दैनथ्यो । अस्पताल भित्र स्वास्थ्यकर्मीहरुले लापर्वाही गरेको,विपन्नहरुको स्वास्थ्यउपचारमा असहयोग गरेको थाहा पाउने वित्तिकै अस्पतालभित्र पसेर ब्यापक दवाव सिर्जना गर्थे । ‘ अस्पतालका डाक्टरहरुले बदमासी गरे वा औषधिमूलो गर्न पैसा भएन भने ‘आयु’ बाबुरामकोमा जानु न्याय पाइन्छ भन्ने मान्यता थियो ।

स्वास्थ्य क्षेत्रमा अगुवाई गर्दै आएका उनलाई २०६१ सालमा सरकारले लुम्विनी अञ्चल अस्पतालको अध्यक्षमा नियुक्त गरेको थियो । आफ्नो कार्यकालमा उनले अस्पतालको आमूल परिवर्तन गरे । लुम्विनी अञ्चल अस्पतालकी तत्कालीन स्वास्थ्यकर्मी सकुन्तला आचार्य भन्छिन्— ‘लुम्विनी अस्पतालको सुधारमा बाबुराम दाइको जस्तो योगदान अरु कसैको छैन’ ।

बुटवलका पुराना पुस्ता र ब्यवसायी बृत्तमा ‘आयु’ बाबुराम नगर प्रमुखका उम्मेदवार भएको खवरले उत्साह छाएको छ । बुटवलको मुटुमा बसेर समाजसेवा गरेका ब्यक्तिलाई एमालेले उम्मेदवार बनाएको प्रति बुटवलका पुराना कांग्रेसहरुले समेत गौरवको विषय भनेका छन् । कांग्रेस समर्थित एक ब्यवसायीले बाबुरामलाई एमालेले न्याय गरेको प्रतिक्रिया दिए । निर्वाचन प्रचार कार्यक्रममा हिंडेका भट्टराइलाई नयां मतदाताहरुले पनि ‘आयु वावुराम’ भनेर चिन्न थालेका छन् ।

 

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ५ : ४७ बजे

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी, १८ दिनपछि ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच

गण्डकीमा मन्त्रीको कार्यविभाजन, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालय

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरुको कार्यविभाजन गरेका

संवादका माध्यमबाट मुलुकमा देखिएका समस्या समाधान गर्नुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले